साउदी अरबका यी दम्पतीको तस्बिर बन्यो निकै विवादित, यस्तो छ कारण

बीबीसी, साउदी अरेबियाका महिलाहरुलाई अनुहार देखाउन समेत प्रतिबन्ध लगाएको बेला एक व्यक्तिले आफ्नो श्रीमतीलाई गाडी चलाउन सिकाउदै गरेको तस्विर यतिबेला विवादित बनेको छ । साउदी अरबका शाह सलमानले महिलालाई गाडी चलाउने अनुमती दिएपनि ति व्यक्तिले सोसल मिडियामा सेयर गरेको उक्त तस्विर भने अहिले बहसको विषय बनेको छ। । साउदी अरब संसारको एकमात्र यस्तो देश हो जहाँका महिलाहरुलाई गाडी चलाउन निषेध गरिएको छ । तर सन् २०१८ देखि साउदी अरबका महिलाहरुले गाडी चलाउन सक्ने कानून बनेको छ।

यो तस्बिर एक ग्याँस र तेल कम्पनीमा काम गर्ने फैसल बादुग्यासले ट्वीट गरेका थिए । उनले ट्विटमा यस्तो लेखेका थिए,  ‘एक प्राइभेट पार्किङ स्थलमा सुरक्षित र कानूनी तरिका अपनाएर मैले मरो श्रीमतीलाई गाडी चलाउन सिकाएँ ।’ उनले यो तस्विर सेयर गरेको केहि समयमा नै केहि ट्विटर प्रयोगकर्ताहरुले नकारात्मक प्रतिक्रिया गरेका थिए भने कहिले राम्रो प्रतिक्रिया जनाएका थिए।

 

प्रकाशित : आइतबार, असोज २२, २०७४१३:४०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

चर्चित हिटलरको कटटु बिक्यो ६० हजारमा, यस्तो सिम्बोल छ उक्त कटटुमा