एजेन्सी, नारी पुरुष बराबर हुन भन्ने नारा विश्वभर चलिरहेको बेलामा एउटा यस्तो देश भेटियो जहाँ नारी जातिको अवस्था निकै नै दर्दनाक रहेछ । किर्किस्तानमा जब महिलाहरु बलात्कृत हुन्छन् तब बलात्कार गर्ने अपराधिलाई कारवाही नभईकन उल्टो अपराधीलाई विवाह गर्नको लागि प्रस्ताव राख्ने गरिन्छ । लामो समयदेखि यो परम्परा चल्दै आएको र नारीको हिम्मतका अभावले गर्दा त्यहाँको पुरुषहरुले बलात्कार गरेपछि विवाह गर्ने चलन बनाएका छन् ।
आफुलाई मनपर्ने महिलालाई बलात्कार गरेपछि पिडितका परिवार इज्जत जाने डरले निजको घरमा विवाहको प्रस्ताव लिएर जाने गर्छन् । रिपोर्टका अनुसार त्यहा बर्सेनि १२,००० युवतीहरु बलात्कार हुने गरेका छन् । यस्तो परम्परालाई रोक्न विभिन्न नियम कानुन बनाएपनि कुनै प्रभाव नभएको र लामो समयदेखि त्यहाँका महिलाहरु निकै दयनीय जीवन काट्दै आएका छन् ।