विश्वमा धेरै थरिको कारहरु छन् जसको आ-आफ्नो बिशेषताहरु छन् । यसै गरि विश्वको सबैभन्दा महँगो कार भनेको ल्यामबोर्गिनी हो , यो ५ सय किलो सुन र २५ किलो मूल्यवान् धातुहरुले बनेको छ । जसको मूल्य $7.5 Million डलर अर्थात् नेपाली ७८१०३२००० राखिएको छ ।
विश्वको सबैभन्दा महँगो कार ल्यामबोर्गिनी ‘एभेन्टाडोर एलपी ७००-४’ कारमा कार्बन फैबर्को पनि प्रयोग गरिएको छ। यो इटालियन कम्पनीद्वारा निर्माण गरिएको कार हो जसमा सुन जलप लगाईएको छ। यो डिजाइन जर्मन मेकानिकल इन्जिनियर रोबर्ट गल्पेनले गरेका हुन् ।
यस कारमा भी १२ इन्जिन जसले ७०० बीएचपीको शक्ति प्रदान गरि कारलाई २.९ सेकेन्डमा ० देखि १ सय किमिको गति हासिल गर्न मदत गर्छ। यस कारमा बुलेट प्रुफ विन्डोज पनि छ त्येसैले यो विश्वकै महँगो कार मात्र नभएर सुरक्षित कार पनि हो।