विश्वको सबैभन्दा धेरै मेमोरी भएको माइक्रोएसडी कार्ड

क्यामेरा होस्,फोन होस्,अथवा अन्य उपकरण होस् ,चाहे जती भण्डारण आवश्यक छ। त्यसको निमित्त मेमोरी कार्डको आवश्यकता रहेको हुन्छ। मेमोरी कार्ड भन्ने बितिकै सबै भन्दा पहिले, माइक्रोएसडी कार्डको नाम अनी त्यो भित्र पनि सबै भन्दा पहिला SanDisk को नाम आउने गर्छ।

SanDisk ले अघिल्लो वर्ष 256 जीबी माइक्रोएसडी कार्डको शुभारंभ गरेको थीयो जसलाई Extreme microSDXC UHS-I नाम दिइएको थियो। यो कार्ड लगभग 100एमबीपीएसको गतिबाट फाइलहरुको स्थानान्तरण गर्नसक्छ। जुन ठुलो फाइलहरुको स्थानान्तरणको लागि एकदमै राम्रो समय हो। यस वर्ष पनि SanDisk ले आफ्नो प्रयोगकर्ताहरूको लागि अर्को आश्चर्यलाग्दो MicroSD card बजारमा ल्यएको छ। जसको नाम कम्पनीले SanDisk Ultra microSDXC UHS-I राखेको छ भने एसमा 400GB सम्माको फाइलहरु राख्न सकिन्छ। बजारमा अहिलेको समयमा 256 GB सम्मको मात्रै मेमोरी कार्डहरु रहेका छन। जसका कारण ले SanDisk Ultra microSDXC UHS-I साबिक भन्दा 144GB धेरै हुन आउछ।

कम्पनीका अनुसार यसको  गति 100 एमबीपीएस रहेको छ। नेपालमा भने कहिले यसको आगमन हुनेछ भन्ने हेर्न बाँकीनै रहेको छ। आशा गरौ नेपालमा पनि SanDisk Ultra microSDXC UHS-I कार्ड सफल हुनेछ।

प्रकाशित : सोमबार, कार्तिक ०६, २०७४११:२८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यस्तो शहर जहाँ बस्न जाने मानिसलाई सरकारले गर्यो रोजगारसहित ७५०० यूरो दिने घोषणा