आजभोलि किड्नीको पत्थरीका बिरामीहरु बढ्दै गएका छन् । यसको कारण भनेको उनीहरुको लाइफस्टाइल र खानेकुराहरु हुन् । यसबाट मुक्त हुन मानिसहरु पत्थरीका अप्रेशन बढी गर्ने देखिन्छ तर यसको लागि हामी घरमै बसेर दैनीक बिहान १५ मिनेट योगसन गर्नाले पत्थरीको समस्याबाट मुक्त हुन् सक्छौ ।
यसको लागि अपनाउनुहोस् यी तरिकाहरु :
१. पहिला आफ्नो कम्मरलाई जमिनमा टेकाउनुहोस् । त्यस पछि आफ्नो शारीरलाई माथि उठाउनु । यो प्रक्रिया करिब १० पटक दोहोराही रहनुहोस् ।
२. यस पछि ५ मिनेट जति तपाइको २ हातको औला पेटमा लग्नुहोस र टाउकोलाई जमिन तर्फ निहुराउनुहोस् ।
३. माथिको तरिका पछि आफ्नो खुट्टालाई माथि लैजानु र घुँडालाई छाती तर्फ लैजानु र आफ्नो हातले समातनुस अनि नाकले घुँडामा छुनुहोस् । यो प्रक्रिया करिब ५ मिनेटजति गर्नुहोस।
४. उभिनु र अगदिपट्टी निहुरिनु। यस पछि हातका औँलालै केही समय खुट्टामुनि राख्नुहोस्। यो पनि करिब १० पटक गर्नुस।
५. त्यस पछि सिदा तरिकाले सुत्नुहोस र आफ्नो खुट्टा उचाल्दै शिरभन्दा माथि भुइँमा छुन्ने प्रयास गर्नु र पहिलाको पोजिसनमा आउनुहोस् । यो १० पटकसम्म गर्नुहोस् ।