एजेन्सी, अर्जेन्टिनामा यस्तो घटना घटेको छ जुन सुन्दा जो किहोलाई अनौठो लाग्ने गर्दछ। अर्जेन्टिनाको एक जेलमा बस्ने जेलर र कर्मचारीका सुराकीको आधारमा परेवाले लागुऔषध बोकेर जेलभित्र पुर्याउने गरेको थाहा पाएपछि उक्त परेवालाई गोलि हानी मारिएको छ । यो घटना मध्य अर्जेन्टिनाको सान्ता रोजास्थित एक जेलमा घटेको हो ।
शरीरमा लागू औषध बोकेर जेलभित्र पस्दै गरेको परेवालाई प्रहरीले गोली हानेका थिए। गोलि लागेपछी उक्त परेवा छटपटाउँदै मरेको अर्जेन्टिनाका संचार माध्यमहरुले उल्लेख गरेका छन् । मरेको परेवाको ढाडमा लागुऔषधका चक्की तथा गाँजा भेटिएको थियो ।