एजेन्सी, आमेरिकाकी एक महिलाले आफु गर्भवती भएको तस्विर सामाजिक संजालमा सेयर गरेकी छिन् । उनको फोटो खिच्ने शैली देख्दा जो कोहि मानिस अचम्ममा पर्ने गर्दछन् । उनले सेयर गरेको उक्त तस्विर सामाजिक संजालमा भाइरल बनेको छ। चौथो सन्तान जन्माउन लागेकी ति महिलाको नाम एमिली मुलर हो।
३३ वर्षीय एमिली मुलरले माहुरीसँग फोटो खिचाएकी छिन्। उनले आफ्नो पेट र हातमा माहुरी बसाएर हास्दै फोटोशुट गराएकी हुन्। उनले आफ्नो गर्भवती शरीरमा २० हजार मौरी बसाएकी थिइन्। अचम्म तरिकाले फोटोशुट गराएकी एमिलीले आफ्नो चौथो सन्तानलाई जन्म दिदैछिन् । आफ्नो शरीरमा २० हजार भन्दा बढी माहुरी हुँदा पनि हाँसिरहेकी छन् ।