एजेन्सी, भनिन्छ श्रीमान् र श्रीमती एउटा पवित्र बन्धन हो, जसको रक्षा गर्न दुवै जनाले एक-अर्कालाई सहयोग, सम्मान र विश्वास गर्न जरुरि हुन्छ। मानिसहरुलाई विवाह बन्धनमा बधिएपछि त्यसबाट छुटकारा पाउन अर्थात् सम्बन्ध बिच्छेद गर्न अनेकौ कारणहरु चाहिन्छ। तर साउदी अरबका एक जोडीले भने सानो निउमा नै सम्बन्ध बिच्छेद गरेका छन्।
पहिचान नखुलाइएको यस घटनामा श्रीमानले आफ्नो श्रीमतीलाई धेरै पटक आफूभन्दा अगाडी नहिड्न आग्रह गरेका थिए। तर उनले श्रीमानको भनाइ मानिनन्। त्यसपछि ति युवकले आफ्नो श्रीमतीसँग सम्बन्ध बिच्छेद गरेको स्थानीय संचार संस्थाहरुले उल्लेख गरेको छ । पछिल्लो समय साउदीमा सम्बन्धविच्छेद हुनुको मुख्य कारण आधुनिक प्रविधीलाई सबैभन्दा ठूलो दोषी ठानीएको छ । साथै साउदीमा निकै सानो कुरामा सम्बन्धविच्छेद हुने चलन बढ्दो भएको त्यहाँका स्थानीय संचार संस्थाले जनाएको छ।