एजेन्सी, सुन्दा अचम्म लाग्ने तर वास्तविक घटना घटेको छ इन्डोनेसियाको आचे प्रान्तमा। त्यहाका १०, हजार १ जनाले हात समातेर नाचेको चमत्कारिक नृत्य यतिबेला संसारभर चर्चा भएको छ । युनेस्कोले सन् २०११ मा यस नृत्यलाई अमूर्त सांस्कृतिक सम्पदाको सूचीमा सूचीकृत गरेको थियो । यो नृत्यले नृत्याङ्गनाबीच तीब्र गतिको लय र तालमेलमा जोड दिन्छ । अर्थात् यस भिडियोमा १० हजार १ जनाले एक लयमा र तालमेलमा नृत्य गरेको देखिन्छ।
यो प्रस्तुति दुर्लभ सुमात्रा बाघ तथा हात्तीहरुको वासस्थानका रुपमा रहेको माउण्ट लेसर न्याशनल पार्कको संरक्षणको महत्वमा केन्द्रित हुन्छ । यसअघि पनि यस्तो नृत्य भैसकेको थियो तर त्यतिबेला ६ हजार ६ सय जनाको मात्र सहभागिता रहेको थियो। तर अहिलेको यो नृत्य र सहभागिताले अर्को कीर्तिमान तोड्न सक्ने इन्डोनेसियाको म्युजियम अफ रेकर्डसले जनाएको छ ।