आज सन् २०१७ को दोस्रो आंशिक चन्द्रग्रहण लाग्दै, यस्तो मन्त्र जप्दा हुनेछ धन प्राप्ती

काठमाडौँ, श्रावण २३ अर्थात् आज सोमबार शुक्ल पूर्णिमामा सन् २०१७ को दोस्रो आंशिक चन्द्रग्रहण लाग्दै छ ।चन्द्रग्रहणबाट सबै राशिहरू प्रभावित हुन्छन्त । यसबाट केही राशिलाई फाइदा हुन्छ भने केहीलाई बेफाइदा अर्थात् हानी हुने गर्दछ । आज लाग्ने ग्रहण राति ११ बजेर ७ मिनेटमा सुरु हुने छ भने मध्यराति १२ बजेर ३७  मिनेटमा समाप्त हुनेछ । अर्थात् यो ग्रहण १ घण्टा ५५ मिनेटसम्म लाग्नेछ ।

 यी कुराहरुबाट छुटकारा पाउन यस्तो मन्त्र जप्दा धन प्राप्ती हुनेछ :

शत्रुसँग छुटकारा पाउन – ॐ ह्लीं बगलामुखी देव्यै सर्व दुष्टानाम वाचं मुखं पदम् स्तम्भय जिह्वाम कीलय-कीलय बुद्धिम विनाशाय ह्लीं ॐ नम:।

वाक् सिद्धिका लागि – ॐ ह्लीं दूं दूर्गाय: नम:

लक्ष्मी (धन) प्राप्तीका लागि  – ॐ श्रीं ह्लीं क्लीं ऐं ॐ स्वाहा:।

नोकरी एवं व्यापारमा बृद्धिका लागि  – ॐ श्रीं ह्रीं श्रीं कमले कमलालये प्रसीद-प्रसीद श्रीं ह्रीं श्रीं महालक्ष्म्यै नम:।

मुद्दा जित्नका लागि – ॐ ह्लीं बगलामुखी सर्वदुष्टानां वाचं मुखं पदं स्तंभय जिह्ववां कीलय बुद्धि विनाशय ह्लीं ओम् स्वाहा।।  यो मन्त्रमा उल्लेख गरिएको ‘सर्वदुष्टानां’ शब्दको ठाउँमा जसबाट छुटकरा पाउनुपर्ने हो उसको नाम उच्चारण गर्नुहोस् ।

माथि  सबै मन्त्र ग्रहण लाग्न सुरु भएपछि मन्त्र जप्न सुरु गर्नुपर्दछ र ग्रहण सकिएसँगै मन्त्र जप्न पनि छाड्नुपर्दछ ।  यस मन्त्रबाट मुक्ति पाउनको लागि तपाईमा पूर्ण श्रद्धा तथा विश्वास हुनुपर्छ । कसैको नराम्रो सोच्न हुदैन किनकि मन्त्र सिद्धि प्राप्त गर्न सकिदैन। मन्त्र जप्ने समयमा अगरबत्ती  बाल्नुपर्छ। ग्रहण लागिरहेको समयमा माथि दिईएको मन्त्रहरुको मन-मनै जप गर्नुपर्छ।

प्रकाशित : आइतबार, साउन २२, २०७४१४:५४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

जानीराखौ! शास्त्रको अनुसार चन्द्र ग्रहणको बेला गर्नु हुँदैन यी महत्वपूर्ण कार्यहरु