जानीराखौ! शास्त्रको अनुसार चन्द्र ग्रहणको बेला गर्नु हुँदैन यी महत्वपूर्ण कार्यहरु

साउन २२ – काठमाडौँ, श्रावण २३ अर्थात् भोलि सोमबार शुक्ल पूर्णिमामा सन् २०१७ को दोस्रो आंशिक चन्द्रग्रहण लाग्दै छ ।  भोलि लाग्ने ग्रहण राति ११ बजेर ७ मिनेटमा सुरु हुने छ भने मध्यराति १२ बजेर ३७  मिनेटमा समाप्त हुनेछ । अर्थात् यो ग्रहण १ घण्टा ५५ मिनेटसम्म लाग्नेछ । चन्द्रग्रहण लाग्ने हुनाले भोलि पुरै दिन अशुभ रहने छ ।

चन्द्र ग्रहण लाग्दा गर्न नहुने मुख्य कामहरु :

  • ग्रहण लाग्नु समयभन्दा  लगभग ९ घन्टा पहिले देखिनै अशुभ घडि प्रारम्भ हुने हुनाले पुजाआजा गर्नु हुँदैन ।
  • शरीरमा तेल लगाएर  मालिस गर्नु हुदैन, यसले चर्म सम्बन्धी बिरामी हुन सक्छ।
  • ग्रहण लाग्ने समयमा मन्त्र जप गर्दा मनमनै जप्नुपर्छ ।
  • ग्रहण कालमा स्वस्थ व्यक्ति सुत्नु हुदैन, यसले स्वास्थ्य सम्बधि समस्या आउन सक्छ। साथै गर्भवती, रोगि र वृद्द व्यक्तिले भने यो समयमा विश्राम गर्न सक्छन् ।
  • ग्रहण लाग्ने समयमा श्रीमान्-श्रीमती सतर्क हुनुपर्छ। शास्त्रको अनुसार यो समयमा बनाएको सम्बन्धबाट जन्म लिने सन्तानको स्वाभाव राम्रो हुँदैन।  साथै उनीहरुमा शारीरिक तथा मानशिक विकृति हुन सक्छ ।
  • चन्द्र ग्रहण लाग्ने दिनमा कुनैपनि शुभ काम गर्दा फलदायी नहुन हुदैन।
  • ग्रहणकालमा कपाल र नंग काट्नु हुँदैन । यो हाम्रो पितृहरुलाई दर्शाउछ , जसले गर्दा यो दिन नंग र कपाल काट्नु हिन्दु धर्म अनुसार अशुभ मानिन्छ ।
  •  ग्रहण लाग्ने समयमा गर्भवती महिलाहरु बेला घर बाहिर निस्कनु हुँदैन, किनकि ग्रहणको कारण वातावारणमा  हानिकारक तरंगहरु सक्रिय हुने गर्छन जसले गर्दा गर्भमा रहेको बच्चालाई  नराम्रो असर पर्न  सक्दछ ।
  • ग्रहण लागेपछि पकाएको भोजन खानु  हुँदैन । चन्द्र ग्रहण लाग्दै गर्दा बनाएको भोजनमा तुलसीको पात राख्नुपर्छ । जसले गर्दा भोजनमा पवित्रता बनि रहन्छ ।
  • ग्रहणकालमा चक्कु, कैची, सियोधागोको प्रयोग गर्न हुँदैन । यो नियम खास गरी गर्भवती महिलामा लागू हुन्छ । ग्रहणको समयमा घरबाट बाहिर ननिस्कनुहोस् ।
  • ग्रहण लागेको बेलामा समयमा  खानपिन, मलमूत्र त्याग तथा रतिक्रीडा गर्नुहुँदैन । गरेमा पाप लाग्ने मान्यता छ ।

 

प्रकाशित : आइतबार, साउन २२, २०७४१६:०२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

खण्डग्रास चन्द्रग्रहण सुरु, कुन राशिलाई कस्तो प्रभाब ?