थाहा पाउनुहोस ८ देश जहाँ छ विचित्र ड्राइभिंग नियम

एजेन्सी- नेपालको ट्राफिक तथा ड्राइभिंग नियम एकदमै कमजोर छ । तर नेपालमा सजिलो र कमजोर ड्राइभिङ नियम भए तापनि धेरै मानिसहरू तिनीहरूलाई पालन गर्दैनन् । यद्दपी संसारमा यस्ता देशहरु पनि छन् जहाँ ट्राफिक तथा ड्राइभिंग नियम विचित्र छ ।

यिनै हुन् ति देश जहाँ विचित्र ट्राफिक तथा ड्राइभिंग नियम छ ।

थाईल्याण्ड:

थाईल्याण्ड पर्यटकहरुको लागि प्रसिद्द गन्तव्य हो । हरेक बर्ष यहाँ लाखौँको संख्यामा पर्यटकहरु आउने गर्छन । तर यस देशमा तपाइँले ड्राइभिङ गर्नलाई अनिवार्य रुपमा कपडा लगाउनु पर्ने हुन्छ । यदि तपाइँ यहाँ कपडा नलगाई ड्राइभिङ गर्नुहुन्छ भने तपाइँले ५०० देखि १००० रुपैयाँ सम्मको जरिवाना तिर्नुपर्छ ।
चिन:

नेपाली गाडी चालकहरुले सानसंग आफ्नो गाडी फुटपाथमा पार्क गरेको देख्न सक्छौं । यो नेपालीहरुका लागि विचित्र हो किनभने नेपालीहरुको यस्तो बानी नै छैन । तर चिनमा भने यसो गरेको थाहा पाइएमा कडा जरिवाना हुन्छ ।

जापान:


अहिले वर्षाको समय छ, कम्जोर सडक व्यबस्थापनले गर्दा नेपाली सहरका धेरै बाटोहरु हिलाम्य छ । यस्तो बेलामा गाडी चालकहरु केहि नहेरी गाडी हुइकाउँदै पैदल यात्रुहरुलाई हिलो छ्याप्छन । जापानको त्यस्तो व्यवस्थित सडकमा पनि गाडी चालकहरुले थोरै पानीको छिट्का पनि उडाउन पाउँदैन ।

मस्को:

मस्कोमा तपाइँ फोहोर गाडी चलाउन पाउनुहुन्न । त्यहाँको नियम अनुसार गाडी एकदम सफा हुनुपर्छ ।

स्विडेन:

स्वीडेनमा गाडी चलाउँदा गाडीको हेडलाइट अन राख्नु अनिवार्य छ ।

डेनवर:

युएसको यस सहरमा आइतबार कालो रंगको गाडी चलाउन पाइँदैन ।

स्विजरल्याण्ड:

स्विजरल्याण्डमा आइतबारको दिन कार धुन शख्त मनाही छ ।

मनिला:

फिलिपिन्सको राजधानी मनिलामा नम्बर प्लेटको अन्त्यमा १ वा २ भए सोमबारको दिन गाडी चलाउन छैन ।

 

प्रकाशित : बिहिबार, साउन १९, २०७४१५:३०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

‘पिताले मलाई बलात्कार गरिरहे र मेरो साथीले सबै भिडियो रेकर्ड गरिन्’