१८ औ तलाबाट हाम फाल्दा पनि जिउँदै…

एजेन्सी, भनिन्छ काल आएपछि घरको संघारमा ठोक्किएर पनि मानिसको मृत्यु हुन्छ र काल नआए जतिसुकै डरलाग्दो भीरबाट खसेपनि मरिदैन । हो यस्तै घटना चीनको शानडोंग प्रान्तमा घटेको छ । लियोचेंग सहरको एक भवनको १८ औँ तलाबाट एक महिलाले हाम फरालेर आत्महत्या गर्ने कोसिस गरिरहेकी थिइन् । यो घटना जुलाई १५ मा भएको हो। उनले आत्महत्या गर्न लागिरहेको देखेपछि तत्कालै एक व्यक्तिले पुलिसलाई खबर गरेका थिए। खबर गर्ने बित्तिकै घटना स्थलमा पुलिस पुगेपछि ति महिलालाई समयमै उद्दार गरिएको थियो।

हाम फाल्ने कोसिस गरिरहेकी महिलालाई त्यसो नगर्नका लागि झण्डै १ घण्टासम्म सम्झाउने कोसिस गर्यो पुलिसले । तर ती महिलाले मानिनन् र हाम फालिन् । तर उद्धारकर्मीहरुले ती महिला हाम फालेर भुइँमा नखस्दै तल भुईंमा हावा भरिएको निकै अग्लो गद्दा बिच्छ्याएका थिए । र ति महिला त्यहीँ गद्दामा नै खसिन् । जसले गर्दा उनलाई गम्भीर चोट लाग्न पाएन । त्यसपछि उनलाई तत्काल अस्पताल लगियो । उनको अनुहारमा केही चोटपटक लागेपनि उनी खतरा बाहिर रहेको अस्पतालले जनाएको छ । ति महिलाले आत्महत्या गर्न खोज्नुको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

 

प्रकाशित : शुक्रबार, साउन ०६, २०७४१५:४७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

आजभन्दा १७८ वर्षअघि पनि खिचिन्थ्यो सेल्फी, हेर्नुहोस संसारकै ८ पुराना सेल्फी