एजेन्सी- आजकल सेल्फी धेरै लोकप्रिय भैरहेको छ । सेल्फी यति लोकप्रिय भएको छ कि अहिले लगभग हरेक स्मार्टफोनमा फ्रन्ट क्यामेरा हुन महत्वपूर्ण भएको छ।
केटा होस् वा केटि अहिले सेल्फीको क्रेज सबैमा देखिने गर्छन। तर के तपाइँलाई थाहा छ कि १७८ वर्ष पहिले मतलब १९ औं शताब्दीमा संसारको पहिलो सेल्फी खिचिएको थियो। सन् १८३९ मा रोबर्ट कार्नेलियासले ड्यागेरियोटाइप प्रक्रियाद्वारा पहिलोचोटी सेल्फी खिचिएको थियो।ड्यागेरियोटाइप प्रक्रियाबाट सेल्फी खिच्ने प्रचलन सन् १८३९ मै भएको हो। यस ड्यागेरियोटाइप प्रक्रियाको शुरुवात लुइस ज्याक्वेस म्यान्डे ड्यागेरले गरेका थिए, जसको नामबाट प्रक्रियालाई नाम दिइएको थियो। यस प्रक्रियामा प्रयोग हुने उपकरण एकदमै भारी हुन्थे।
साथ् साथै यस उपकरणद्वारा सेल्फी खिच्न एकदमै महँगो हुन्थ्यो। यहि हो रोबर्ट कार्नेलियासले खिचेका पहिलो सेल्फी: