एजेन्सी, बेलायतको दक्षिणी इलाका योर्कशरमा एक प्रेम जोडीले सेक्स गरिरहेको भिडियो प्रहरीको हेलिकप्टरबाट खिचेर अदालतसम्म पुगेपछि उनिहरुलाई तनाव उत्पन्न गराएको छ । भिडियोमा भने उनीहरु आफ्नै बगैचामा बिना कपडा सेक्स गर्नमा लिप्त रहेको स्पष्टसँग देखाइएको छ । भिडियो जाँच अधिकारी रिचर्ड राइटको अनुसार हेलिकप्टर चालक दलका सदस्यले उच्च गुणस्तरको क्यामेरा प्रयोग गरेर फिल्म बनाएको बताए ।
सो घटनाका सम्बन्धमा दुई प्रहरी अधिकारी र दुई जना पाइलटविरुद्ध शेफिल्डको क्राउन कोर्टमा सुनुवाई सुरु भएको छ । ४२ वर्षीय मैथ्यु लुकास, ४७ वर्षीय ली वाल्स, ४५ वर्षीय मैथु लुसेमोर र ६४ वर्षीय मलकोम रिभ्सले सरकारी उपकरणको दुरुपयोग गरेको आरोप अस्वीकार गरेका छन् । यसमा एक पाँचौ व्यक्ति पूर्व प्रहरी अधिकृत एड्रिअन पोगमोरे पनि संलग्न छन् । उनले सरकारी कार्यालयको दुरुपयोग गरेको आरोप अस्वीकार गरेका छन् ।
यौन कर्ममा रहेको भनिएकी महिलाले अदालतमा भनिन, ‘यो मेरो निजी स्वतन्त्रताको खुल्लमखुल्ला उल्लंघन हो । म यसबाट निकै तनावमा र दुःखी भएकी छु ।’ यो घटनाबारे आगामी ३ हप्तासम्म अदालतमा सुनुवाई हुने अपेक्षा गरिएको छ । फाईल फोटो