काठमाडौँ, असार ३० – हिन्दु धर्म अनुसार यहि आउदो श्रावण १ गतेबाट सूर्यले आफ्नो राशि परिवर्तन गर्ने छ । अन्य सम्पूर्ण ग्रह भन्दा निकै शक्तिशाली पिण्ड अर्थात् गृह सुर्यले आगामी भदौ १ गतेदेखि कर्कट राशिमा प्रवेश गर्दैछ ।
यस भन्दा पहिले साउन २७ (शुक्रबार) देखि मंगल गृह पनि कर्कट राशिमा गएर बसेको ज्योतिस बिज्ञानका बिज्ञले उल्लेख गरेका छन् । ज्योतिष शास्त्रको गणनाका आधारमा यदि यी दुवै गृह एउटै राशिमा आएर बसेको अवस्थमा अरु राशिका व्यक्तिलाई शुभ–अशुभको प्रभाव पर्ने गर्दछ।
नोट: अघिको समाचारमा श्रावण हुनु पर्नेमा अन्यथा भएकोले सच्चाईएको छ।
कुन राशिलाई शुभ र कुन राशिलाई असुभ हुन्छ हेर्नुहोस्।
मेष राशि
मेष राशि हुने तपाइँको हकमा सूर्य तपाईको चौथो भावमा गएर बस्ने योग रहेको छ । सुर्यको कर्कट राशिमा प्रबेशहुनुले तपाईको जीवनसाथीलाई पनि कार्यक्षेत्रमा सफलता वा लाभ नै हुने संकेत देखिन्छ । परन्तु सूर्यको अधिक प्रभाव हुने भएकाले तपाईलाई कार्यक्षेत्रमा भने मानसिक तनाव हुने योग देखिन्छ ।
वृष राशि
वृष राशि भएका व्यक्तिको हकमा सूर्य तपाईको राशिको तेस्रो भावमा प्रवेश गर्ने छ । सूर्यको आगमनले तपाईलाई नयाँ ऊर्जा दिने छ । साथै तपाईको कार्यक्षेत्रमा बदलाव आउन सक्छ । सायद तपाई नयाँ नोकरी खोज्न सफल हुन सक्नु हुन्छ ।
मिथुन राशि
मिथुन राशिका व्यक्तिको हकमा सूर्य तपाईको राशिको दोस्रो भावमा प्रवेश हुने छ । जसकारण तपाईको स्वभावमा केही परिवर्तन आउने छ । तपाईमा आक्रोश बढ्न सक्छ, त्यसैले सधैं सतर्क रहनु होला ।
कर्कट राशि
श्रावण १ बाट सूर्य यही राशिमा प्रवेश गर्दै छ । जसकारण कर्कट राशि भएका व्यक्तिको स्वभावमा अहंकार बढ्न सक्छ । स्वभावमा आउने परिवर्तनले केही व्यक्तिसँगको सम्बन्ध विग्रिनसक्ने संभावना पनि हुन्छ । त्यसैले यस राशिका व्यक्ति आफै संयम भएर बस्नु उपयुक्त रहन्छ ।