अब पिसाबले गर्नेछ फोन चार्ज

यस्तो कुरा सुन्दा पक्कै पनि तपाइंलाई पत्यार लागेन होला र यसलाई हावादारी गफ सोचिरहनुभएको होला। तर यो यथार्थ कुरा हो। अब सांचिकैको पिसाबबाट स्मार्टफोनको ब्याट्री चार्ज गर्न सम्भव भएको छ ।

पिसाबलाइ बिजुलीमा परिणत गर्न बेलायतको ब्रिस्टोल रोबोटिक्स ल्याबका बेलायति बैज्ञानिकहरु यो परियोजनामा कार्यरत छन्। उनीहरु यहि अनौठो प्रयासको फलको लागि जुटेका छन् र अनुसन्धानरत छन्। यो प्रयोगको माध्यमबाट सुरुमा वैज्ञानिकहरुले इलेक्ट्रो एक्टिम सुक्ष्मजीवहरु कैयौँ सिलिन्डरमा भरे । यस्ता खालका सुक्ष्मजीवहरु फोहोर पानी वा पिसाबमा पाइन्थे । त्यसपछि ती सुक्ष्मजीवद्वारा इलेक्ट्रोनको निर्माण हन्छ जसलाई बिजुली उत्पादनमा प्रयोग गर्न सकिन्छ ।

वैज्ञानिकका अनुसार, दुई लिटर पिसाबबाट ३०.४० मिलिवाट सम्म बिजुली उत्पादन हुन्छ । त्यसैले त्यति बिजुलीलाई स्मार्टफोन र फोन चार्ज गर्न वा बत्ती बाल्नसमेत प्रयोेग गर्न सकिने अनुसन्धानकर्ताको भनाइ छ।

प्रकाशित : बुधबार, असार ०७, २०७४१३:१८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

मुकेस अम्बानीको भन्दा धेरै थियो यी ड्रग्स डीलरको सम्पत्ति, जसले छोरीलाई चिसो लाग्दा जलाए २० करोड !