एजेन्सी, भारतको हरियाणामा बस्ने ३२ वर्षका मुकेश कुमार नाम रहेका यी युवकमा यस्तो अनौठो क्षमता रहेको छ । मुकेशले आफ्नो यस्तो अदभुत क्षमता देखाएर संसारलाई चकित बनाएको छ । उनले सुरुमा उल्टो भएर २/३ फुटको रुखमा चढ्थे । अहिले मुकेश ५० फुट अग्लो रुखमा सजिलैसँग ५ मिनेटमै उल्टो बनेर चढ्छन । मुकेश उल्टो रुपमा रुख चढेर गिनिज बुकमा नाम लेखाउन चाहन्छन् ।
उल्टो बनेर रुखमा चढ्न सजिलो छैन अझ उल्टो बनेर चढ्न मुस्किल नै हुन्छ। मुकेश सानैदेखि रुख चढ्नमा शोखिन थिए । उनले १३ वर्षदेखि उल्टो बनेर रुख चढ्न थालेका थिए। सुरुमा गार्हो भएपनि अहिले उनि सजिलै उल्टो बनेर रुख चढ्न सक्दछन् ।