आयुर्बेदका अनुसार जान्नुहोस् कस्तो छ तपाईको शरीर !

एजेन्सी – आर्युवेदको अनुसार हाम्रो शरीर ३ किसीमले बनेको हुन्छ । ती हुन् वात , पित्त र कफ । हाम्रो शरीर यी तीन मध्ये कुनै एक प्रवृत्तिको हुन्छ भन्ने आर्युवेर्दिक मान्यता छ । जसअनुसार हाम्रो शरीरको बनावट , दोष , मानसिक अवस्था र स्वभावलाई पत्ता लगाउन सकिन्छ । आफ्नो शरीरको बारेमा जानकारी भएमा मात्र तपाईंलाई आफ्नो स्वास्थ्यसम्बन्धि समस्याहरुलाई सुधार गर्नमा र फिट रहनमा मद्धत पुग्छ ।

१) वात युक्त शरीर: आयुर्वेदका अनुसार वात युक्त शरीरको गुरु वायु हुन्छ ।

बनावट: यस किसीमको शरीर भएको मानिसको तौल छिट्टै बढ्दैन । यस्ता मानिसहरु दुब्लो हुन्छ । यीनीहरुको पाचन प्रक्रिया राम्रो हुन्छ । तर यस्ता व्यक्तिलाई छिट्टै चिसोले समाउने हुन्छ । यीनीहरुको छाला सुख्खा किसीमको हुन्छ ।

स्वभाव: सामान्यत यस किसीमको मानिस धेरै उर्जावान र फिट हुन्छ । यीनीहरुलाई निन्द्रा नलाग्ने समस्या हुन्छ । यीनीहरुमा कामवासनाको ईच्छा धेरैे हुन्छ । यस्ता मानिस कुरौटे स्वभावका हुन्छन् ।

मानसिक स्थिति: यस्ता व्यक्ति बहुमुखी प्रतिभा भएका हुन्छन् । यीनीहरुले आफ्नो भावनालाई अरुसमक्ष चाडैं खोल्छन् । यस्ता व्यक्तिको स्मरणशक्ति कमजोर हुन्छ । यस्ता व्यक्तिको आत्मविश्वास कम हुन्छ । यीनीहरु छिट्टै तनावमा आउँछन् ।

आहार: यस्ता व्यक्तिले फलफूल , सीमी , दुध आदिको सेवन धेरै नै गर्नुपर्ने हुन्छ ।

२ ) पित्त युक्त शरीर: आर्युवेदका अनुसार पित्त युक्त शरीरको गुरु आगो हो ।

बनावट : यस्ता व्यक्तिको उचाई अग्लो र होचो नभई ठिक्क किसीमको हुने गर्छ । यीनीहरुमा मांसपेशी धेरै हुन्छ । यस्ता व्यक्तिलाई गर्मीको महशुश पनि धेरै नै हुने गर्छ । यस्ता व्यक्तिको छाला नरम किसीमका्े हुन्छ । यीनीहरु धेरै नै उर्जावान हुन्छन् ।

स्वभाव: यस्ता व्यक्तिलाई गहिरो निन्द्रा लाग्ने हुन्छ । यस्ता व्यक्तिको कामवासनाको इच्छा बढि हुन्छ । यस्ता व्यक्तिलाई धेरै नै भोक लाग्ने हुन्छ । यीनीहरुको स्वर पनि ठूलो हुन्छ ।

मानसिक स्थिति: यस किसीमको शरीर भएको मानिस धेरै नै आत्मविश्वासी र महत्वाकांक्षी हुन्छन् । यीनीहरु सधैं आकर्षित बन्न चाहन्छन् ।

आहार: पित्त युक्त शरीरको लागि सागसब्जी , आँप , काँक्रो आदि बढि मात्रामा खानुपर्ने हुन्छ ।

३ ) कफ युक्त शरीर: कफ युक्त शरीरको गुरु जल र पृथ्वी हो । यस किसीमको शरीर भएका मानिस धेरै हुन्छन् ।

बनावट: यीनीहरुको काँध र कम्मरको भाग धेरै नै चौडा हुन्छ । यस्ता व्यक्तिको शरीर बलियो हुन्छ ।

स्वभाव: यस किसीमको मानिसलाई भोजनको रुची बढि हुन्छ । यस्ता व्यक्ति अल्छि स्वभावका हुन्छन् । यीनीहरुलाई सुत्न धेरै नै मनपर्छ । यस्ता व्यक्तिमा सहन सक्ने क्षमता पनि बढि नै हुन्छ । र यस्ता व्यक्ति समुहमा बस्न धेरै नै रुचाउँछन् ।

मानसिक स्थिति: यस्ता व्यक्तिलाई कुनैपनि कुरा सिक्नमा धेरै नै समय लाग्ने हुन्छ । र यस्ता व्यक्ति भावनात्मक किसीमका हुन्छन् ।

आहार: कफयुक्त शरीरको लागि मरिच र जिराको सेवन धेरै नै फाईदाजनक हुन्छ । यस्ता व्यक्तिले धेरै चिल्लो खाद्यपदार्थ खानुहुदैंन । तातो भोजन यस्ता व्यक्तिको लागि धेरै नै लाभदायक छ ।

प्रकाशित : सोमबार, बैशाख २५, २०७४१४:३८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

केवल १० मिनेटमै अनुहारको अनावश्यक रौं घरमै बसेर हटाउन सकिने निकै सजिलो उपाय (भिडियो)