असतो मा सद्गमय:
तमसो मा ज्योतिर्गमय:
मृत्योर्मा अमृतं गमय:
आज कसैको आलोचना वा समालोचना गर्न मन छैन! रसीलो निन्दा सधै झै आसन्न चुनाउको हूटहुटिले सामाजिक सं
जाल पेचिलो नहुने कुरै भएन।नेपाल पछिल्लो समय सूचना को हकमा अरु देश संग तुलनात्मक रूपले संग सँगै उभिएको छ।सामान्यत लेखपढ गर्न सक्ने मान्छेहरु अहिलेको हरेक समसामयिक गतिबिधिहरु बाट बेखबर त छदै छैनन अझ हरेक समाचारमा आलोचनात्मक,बिश्लेषणात्मक, स्वीकारात्मक वा समर्थनात्मक टिका टिप्पणी गर्नका निम्ति आफ्ना बूढी औला सलबलाउन समेत खप्पीस भइसकेका छन।अहिले कुनै सामाग्री,संदर्भ वा घटना सामाजिक संजालमा देखा पर्ने बित्तिकै एउटा यस्तो चर्चा बटुल्छ जसले मानिसरूलाई सुसुचित,आ-शिक्षित पनि गराएको देखिन्छ भने दवाब(दिने),प्रसंसा वा निंदा को बाटोमा डोऱ्याएको पनि पाईन्छ।जसरी ‘स्वान’ चराले दूधपानी बाट दूध मात्र छुट्याएर खान सक्छ,त्यसै गरी हामीले सामाजिक संजालको प्रयोगबाट सकेसम्म राम्रो कुरा मात्र छान्न सके बदलिदो सूचना प्रविधिको खासमाने रहन्थ्यो।
आज हरेक समसामयिक गतिविधिहरुलाई हामीले नजिकै बाट नियाल्न पाएका छौ। येसैबिच हुन गैरहेको चुनाबले सोसियल मेडियामा अहिले रन्को छोडेको छ l हाम्रो बुझाईलाई अब प्रयोगमा ल्याउन आवश्यक छ।माने,अबको चुनाबमा आफ्नो झुकावको दललाई मात्र होइन सक्षम ब्यक्तिलाई प्रतिनिधिपात्र बनाउनु हाम्रो भूमिका रहन्छ।त्यो जिम्मेवारी हाम्रो हो।होइन भने आफैले छानेर पठाएको दल वा ब्यक्तिको असफलतापछि अवांछनीय गाली दिनुमा कुनै तुक रहदैन।नेताहरुले हामीलाई झुक्काएका होइनन् हामी पटक पटक झुक्कीएका हौ।नत्र फेरी पनि ५००को पेट्रोल अनि २०० को खाजा सहित खरीदीएका आदर्शवान कार्यकर्ताहरु पार्टीको झंडा सहित मोटरसाइकलमा जिंदाबाद गर्न दकुरेको झलकलाई हामीले स्ट्रेंज लीनुपर्ने केहि कारण छैन।
हामीकहाँ पारिवारिक सदस्य राजनीतिमा भएर वा बाबुबाजे पहिले देखिनै कुनै दलको समर्थक भएर वा विभिन्न राजनीतिक झुण्डहरुको पछि लागेर (चाहे त्यो कलेजमा होस् वा कुनै संस्थामा वा अन्य कुनै इलाका/क्षेत्रमा) आफ्नो व्यक्तिगत वा सतही समर्थन रहेको पाईन्छ l अब हामी राजनीतिक विचार वा सिद्दान्त बाट पिल्सिसकेउ दलहरुले जे सुकै सिद्दान्त बोकेपनि कालान्तरमा हामीलाई चाहेको शान्ति,सम्बृद्दि र विकास नै हो l हामीले वाम हुँ भनेर कौलास्नेहरु येथास्थितिवादी भएको र दक्षिणपन्थी भनिनेहरु बदलकर भएको पनि देखिसकेउ l लेफ्टिस्ट(Leftist) हरु पुरातन भएको र राइटिष्ट(Rightist) हरु समाजवादी भएको पनि देख्यौ l त्यसैले अब हामी दलहरुबाट कुन सैदान्तिक राजनीति अवलम्बन गर्छन भन्दा पनि अब कसरी देशको गरिबी र बेरोजगारीताको अन्त्य गरि सम्बृद्द देशको मार्गचित्र कोर्नसक्छन भन्ने कुराको स्पष्ट खाका र उत्तर खोजिरहेका छौ lअब हामी जनता परिवर्तनकामी नेतृत्व गर्न सक्ने व्यक्ति लाई मात्र चुन्ने छौ
तर, त्यसो भन्दैमा अहिलेको नेपाली राजनीतिको भीमकायहरुलाई टुक्का सिरोमणि ,भारुराम,हत्यारा,लट्याङ्ग्रो जे भनेर गाली दिएपनि उनीहरुको आ-आफ्नो योगदान भोलि इतिहास ले मुल्यांकन गर्नेछ l र यी राजनैतिक शक्तिहरुको अस्तित्व शुन्य गराएर नयाँ भनिने वैकल्पिक राजनीतिले मात्रै देशलाई समुन्नत पार्छ भन्ने कुरा हामीले विश्वास गरेउ भने त्यो पनि हस्यास्पद त हुन्छ नै त्यसले भविष्यमा नैराश्यता समेत पैदा गर्ला भन्ने कुरा नकार्न सकिन्न lकिनकी पुरानाहरुको लामो समय देखिको अस्तित्व राजनीतिक इतिहासमा छ,अझ भनौ जनताहरु उनीहरुले केहि नगरे पनि आजसम्म आँखा चिम्लेर भोट दिइरहेका छन्। यद्यपि, नयाँहरुको तदारुकतालाई सम्मान गरी मौका दिनुपर्नेमा दिनुपर्छ। उनीहरुलाई बिश्वास गर्ने आधार उनिहरुकै वयत्तिक त्याग हो। त्यसैले अब चाहे जुनै राजनीतिक दल र सिद्दान्तबाट प्रेरित वा परिचालित व्यक्ति किन नहोस् ति सबैबाट हामीले सक्षम र सम्भावित व्यक्ति छान्नु बाहेक हामीसंग केहि विकल्प छैन l सामाजिक संजालमा पक्ष विपक्ष तर्क वितर्क गाली गलौज बाट अतिरन्जित हुनुको साटो आजसम्मको समर्थनले के पायौ त्यो महसुस गर्नु राम्रो हुन्छ l अबको चुनाब स्थानीय निकाय को चुनाब नभई स्थानीय सरकारको हुदैछ भन्ने मनन गरि पार्टीगत धारणा त्यागेर सक्षम र दुरदर्शी उम्मेदवारको पहिचान सहित उसको चयनको भोलिपल्टै देखि हामीले कसरि राहत महसुस गर्न सक्छौ भन्ने आँकेर मत हालौं l अबको समग्र बुझाई हाम्रालाई हैन राम्रालाई चुनौ,राम्रा जुनसुकै पार्टिको भएपनि हुन्छ भन्ने होस् l
-बालाजु, काठमाडौँ l