हात फैलाउनु अगाडि, सोच्ने पो हो की ?

लेखिका : बबिता थापा

सानो बालक जव खान मन गर्दैन, आमा बलपूर्वक कोच्चाउछिन, बालक टाउको हल्लाइ नाइ भन्छ, रुन्छ, अनि केही सीप नलागे ओकल्छ । आमा अपसोच मान्छिन । बल्ल सोच्छिन, उसलाई सन्चो थिएन की वा अरु नै चीज खान मन पो थियो की वा उनले खुआएको चीज बालकलाई त्यो बेला आवश्यक नै थिएन की । तर, त्यो बालकले झै हामी दातृसंस्थाले दिएको कुनै पनि चीज प्रतिवाद गर्न सक्दैनौ, हामी सहस्र स्वीका गर्छौं । न त्यहा हामी नाइ भन्न सक्छौ, न त्यो हाम्रोे आवश्यकता होइन नै भन्न सक्छौ । हामी बालकले झै मुन्टो हल्लाउन पनि सक्दैनौ, न दिएको चीज ओकल्न नै सक्छौ । हामी जे दिन्छन, तयारी चाउचाउ झै सजिलै निलिदिन्छौ, अनि तृप्त र पोषित भएको प्रतिवेदन बुझाउछौ । उनीहरु जॉचबुझ गर्छन, उनीहरुले दिएकोबाट हामी तृप्त र पोषित भएको निर्क्योल निकाल्छन । हामीहरु तृप्त र पोषित भए झै खुशी हुन्छौ, पुरस्कार थाप्छौ, कृतज्ञ हुन्छौ, नतमस्तक हुन्छौ । यही हो हाम्रो विडम्बना, वषौ वर्ष देखिको ।


हामी जे दीन्छन, तयारी चाउचाउ झै सजिलै निलिदिन्छौ, अनि तृप्त र पोषित भएको प्रतिवेदन बुझाउछौ । उनीहरु जॉचबुझ गर्छन, उनीहरुले दिएकोबाट हामी तृप्त र पोषित भएको निक्योल निकाल्छन ।


जे सजिलो छ, त्यही लिन्छौ । दातृ सहयोगीहरु पनि जे सजिलो छ त्यही दिन्छन । सवैलाई, एकै खाले उनीहरुले आत्मसात गरेका हाम्रा आवश्यकताका आधारमा, तयारी चाउचाउ झै कार्यक्रम बन्छन । बजारमा पाइने विभिन्न प्रकारका फ्लेबरका तैयारी चाउचाउ, बिस्कुट झै एकै नासका तर विभिन्न फ्लेबरका कार्यक्रम यहॉ बन्छन् । कालीकोटका आवश्यकता र इलामका आवश्यकता नितान्त फरक भएपनि उही वा फ्लेबर मात्र फरक गरि कार्यक्रम तय हुन्छ, लागू  हुन्छ र स्थानीय आवश्यकता हेरी कार्यक्रम बनेको भान पारिन्छ । सानादेखि ठूला परियोजना कार्यक्रम यहि चक्रव्युमा फसेका छन । जे होस, वषौ देखि हामी यसरी नै पोषित हुदै आईरहेका छौ, सायद यो हाम्रो कायता, बाध्यता, मित्रवत व्यवहार हो ।
मूख्य गरि सन् २०१४÷१५मा स्वास्थ्य, स्थानिय विकास, शिक्षा, सडक तथा यातायात र उर्जाका लागि दातृ सहयोग क्रमश बढी छुट्टाइएको देखिन्छ । विभिन्न सरकारी तथा गैसरकारी संघसंस्थाहरु माध्यम हुदै कयौ सहयोग आइरहेका छन । त्यस्तै ऋण सहयोगको रुपमा २४.२९%, ४३ परियोजनाहरु मार्फत, सहयोगको रुपमा ५७.६%, २३४ परियोजना मार्फत र प्राविधिक सहयोगको रुपमा १८.११%, १६५ परियोजना मार्फत छुट्टाएको देखिन्छ । सन् २०१४÷१५ मा भौतिक निर्माण तथा यातायात मन्त्रालय अन्तरगत १७ वटा परियोजना जर्मनी, जापान, एसियन विकास वैक, भारत, चीन, बेलायतका सहयोगमा कार्यन्वयनमा रहेको देखिन्छ । शहरी विकास मन्त्रालय अन्तरगत दातृका सहयोगमा १३ बटा कार्यान्वयनका लागि परियोजना रहेको देखिन्छ।


देशमा जेजति पुल, सडक, भवन बने रिबन काटेर ताली बजाउने दाताको जयजयकार गर्ने काम धेरै भए, आफै सिकी अर्को आफैले बनाउने काम भएन । जव चाहियो हात फैलाउने काम भयो ।


सहयोग लिने र दिने विचमा जव सामाजस्य रहन्छ, आवश्यकता र पुर्तिमा आधारित हुन्छ, तव परिणाम राम्रो र दिर्घकालिन बन्न पुग्छ । वषौ अगाडि जापानको सहयोगमा जडिएका विग्रेका ट्राफिक वत्तीहरु अव बन्ने क्रममा रहेछन, तर अडचन रहेछ ती बत्ती जडन र मर्मत गर्न नेपाल भित्रका सामान्य निर्माण कम्पनिको क्षमताले नभ्याउने र अन्तराष्ट्रिय स्तरको ठेकेदार कम्पनीले मात्र गुणस्तर युक्त काम गर्न सक्ने भन्ने भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयको बुझाइ रहेछ । हो यहानेर देखियो त्यो आवश्यक शीपका लागि हात फैलाउनु पर्ने स्थिति । यस्ता आवश्यकतमा दातृको सहयोग लिने, शिप र प्रविधि सिक्न हात फैलाउ अनि हाम्रा देश भित्र रहेका सामान्य निमार्ण कम्पनिलाई उनीहरुसंग शुरुदेखि काम गर्न लगाई शिप र प्रविधि सिक्न वाध्य पारौ वा शीप र प्रविधि हस्तातरण हुने वातावरण बनाउ, जसले गर्दा भोलिका दिनमा फेरि हात पसार्नु नपरोस । उ बेलामै सिप र प्रविधि सिकी यस्ता बत्ती विस्तार गर्न नसक्दा आजको दिनमा फेरि हात फैलाउनु पर्ने स्थिति आयो । यो त केवल एउटा सानो उदाहरण मात्र हो तर, यस्ता कयौ यस्ता परियोजनाहरु भित्रिएका छन, जुन हात फैलाएर माग्नु पर्ने अवस्थाका थिएनन तर हामीले हात फैलायौ भने कति हात फैलाउनु पर्ने अवस्थाका थिए तर हामीले हात फैलाएनौ ।
स्वास्थ्य संस्थाका दह्रो पीलरवाला भवन बने तर, प्राविधिकहरुका अभाव रहे । भवन बने तर विरामीको उपचार हुन सकेन, ती कति भग्नावशेश बने । कति ठाउमा टेन्ट टॉगियो तर हजारौ विरामीहरुको उपचार भयो । कति गाउ‘मा महिलाले सिलाइ तालिम पाए, तर लुगा सिउन गाउकै काले दाईलाई गुहार्न पुगे । कतिले सिकर्मीको तालिम लिए, औजार पनि पाए तर बेची अरब गए । प्रसस्त सहयोग पाएका सरकारी विद्यालय छोडी, टाई लगाइ नानीहरु नजीकैको निजी विद्यालयमा पढन गए । रीङ्गरोड बनाउन नेपाली प्राविधिकले भक्तपुर सडक खण्ड बनाउदा सिकेनन, बरु धुलो उडाउनै पर्छ, यही हो काठमाण्डौवासीको सजाय भने झै गरिरहे । देशमा जेजति पुल, सडक, भवन बने रिबन काटेर ताली बजाउने दाताको जयजयकार गर्ने काम धेरै भए, आफै सिकी अर्को आफैले बनाउने काम भएन । जव चाहियो हात फैलाउने काम भयो । दिन चाहने ले पनि आफुलाई दिन मन लागेको कुरा दिए र लिनेले पनि आफुलाई जे दियो त्यो सवै लिए ।


एउटा फल कुहिदा संगै भएका अरु फल पनि कुहिन्छ भने झै यी आसा लाग्दा व्यक्तित्वले अरु पनि यस्तै व्यक्तित्व जन्माउन, जनताले सुख अनुभुत गरुन, देशको मुहार फेरियोस ।


विगत केही वर्षमा देशमा कति कुरा राम्रा पनि भए, कति जागरुक व्यक्तित्वले आवश्यकता औलाई कार्यक्रम अगाडि बढाए । जनता सही मानेमा पोषित भए, दरा भए । स्वास्थ्य क्षेत्रमा सुधारका लक्षण विस्तारै देखिएको भान पर्न थालेको धेरै भएको छैन, काठमाण्डौका सडकमा फेरि पहिले झै हरिया, सुन्तला बस गुड्न थालेका छन, गाउ, टोल झलमल्ल हुन थालेका छन । आसाहरु तरङ्गित भएका छन । महत्वपूर्ण र कडा निर्णय लिन सक्ने व्यक्तिहरु देखिन थालेका छन । मुल कुरा त, सिमित व्यक्तिहरुबाट भए पनि सुरुवात हुन थालेको छ । एउटा फल कुहिदा संगै भएका अरु फल पनि कुहिन्छ भने झै यी आसा लाग्दा व्यक्तित्वले अरु पनि यस्तै व्यक्तित्व जन्माउन, जनताले सुख अनुभुत गरुन, देशको मुहार फेरियोस ।

प्रकाशित : शनिबार, बैशाख १६, २०७४१४:५४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

राष्ट्रवादको एकाङ्गी व्याख्याले धकेलेको निर्वाचन