यी लक्षण देखिएमा हृदयघात हुने सम्भावना रहन्छ , बच्नको लागि अपनाउनुहोस् यस्तो उपाय

एजेन्सी – हृदयघात प्राणघातक रोग हो । यस रोगका कारण धेरै मानिसले वर्षेनी ज्यान गुमाउने गर्छन् । उमेर नपुगी मृत्यु हुने रोगमध्ये हृदयघात पनि एक हो । त्यसैले यो रोग लागेपछि समयमा उपचार गर्न निकै आवश्यक छ ।

हृदयघात के हो ?

मुटुमा रगत पुर्याउने धमनीमा विभिन्न कारणले गर्दा रगत प्रवाहमा अबरोध हुदाँ मुटुको मांसपेशीमा अक्सिजनको कमी हुन्छ । यसले गर्दा मुटुको मांसपेशी खुम्चिने वा फैलिने प्रक्रियामा बाधा आउने गर्छ । यस अवस्थामा मुटुले काम गर्न सक्दैन । जस्लाई हृदयघात भन्ने गरिन्छ ।

हृदयघातका  लक्षणहरु

१) हिड्दा स्वाँ–स्वाँ आउने
२) छाती दुख्नु
३) स्वाश फेर्न गाह्रो हुने
४) चाडैं थकाई लाग्नु
५) मुटुको गति तिब्र हुनु
६) ढाड , पेट दुख्ने
७) पसिना बढि आउनु

हृदयघातबाट बच्ने उपाय

१) तौललाई नियन्त्रण गर्ने
२) धेरै मसला भएको खाना नखाने
३) धुम्रपान, मध्यपान नगर्ने
४) सफा पानी प्रशस्त पिउने
५) हरियो सागपात र फलफूल खाने
६) नियमित व्यायाम गर्ने
७) समयमै उपचार गर्ने

प्रकाशित : शनिबार, बैशाख ०९, २०७४१५:१६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

५ मिनेटमै छालाको अनावश्यक रौं हटाउनको लागि अपनाउनुहोस् यस्तो विधि