एजेन्सी – अनुहारको चाउरीपना हटाउने निकै सरल उपायबारे आज हामी तपाईंलाई जानकारी दिन्छौं । यसको लागि मात्र ३ सामाग्रीको आवश्यकता पर्छ । यसको प्रयोग ३ दिनसम्म नियमित रुपमा गर्नाले चाउरीपनालाई सजिलै हटाउन सकिन्छ ।
सामाग्रीहरु
१) १ वटा पाकेको केरा
२) १ वटा मध्यम आकारको गोलभेडा
३) १ चम्चा घ्युकुमारीको रस
बनाउने विधि
केराको बोक्रालाई निकालेर स–सानो टुक्रामा काट्नुहोस् । त्यसपछि २ चम्चा गोलभेडाको रस र घ्युकुमारीको रसलाई ब्लेन्डरमा हाली राम्ररी मिसाउनुहोस् । त्यसपछि यस पेस्टलाई अनुहारमा लगाउनुहोस् । यसलाई २५ – ३० मिनेटसम्म त्यसै छोड्नुहोस् ।