“तिमीहरु जतिसुकै जे सुकै गरओ, तिमी मगरहरु रक्सी खाएपछि समय चिन्दैनौ ।” केही समय पहिले बबरमहलको आर्ट काउन्सिलमा आयोजित एक प्रदर्शनी कार्यक्रममा सहभागि भएको बेला एक बाहुन मित्रले भनेको कुरा हो । सुन्दा कुरा सामान्य थियो, तर यथार्थ यही हो । उनको कुराले यो पङ्तीकारलाई निकै प्रभाब पा¥यो । उनको यो आरोप कतिपय अबस्थामा सही पनि हो । हामीले मर्दा पर्दा प्रयोग गर्ने सगुनले आज पनि हामीलाई बैगुन गरिरहेको छ भन्ने कुरा हामी मगरहरुले हेक्का राख्न सकेका छैनौ । कोही बाहुन वा गैरमगर अथवा गैर जनजातिले हाम्रो कमजोरी कहाँ छ भनेर राम्रोसँग मूल्याङ्कन गरेको छ । तर हामीले आज सम्म पनि समीक्षा समेत गर्न सकिरहेका छैनौँ । त्यसै कारणले नै हामी पछाडि परेका हौँ । हामीले पहिचान वा संस्कारको नाममा रक्सी सेवनलाई अनेक ढङ्गले प्रश्रय दिइरहेका छौँ ।
जहिले पनि हामीलाई पछाडि पारियो, अधिकार दिएनन्, हाम्रो भाषा संस्कृति लोप भयो, भन्दै बाहुन क्षेत्री वा गैर मगरहरुलाई गाली गर्दै बस्दै ग¥यौँ । कहिल्लै पनि आफू भित्रका कमी कमजोरी राम्रा नराम्रा पक्षका बारेमा सोचेनौँ । बरु बाहुनले हामीलाई अगाडि बढ्न दिएन, हाम्रो राज्य खोस्यो, हाम्रो अधिकारबाट बञ्चित बनायो भन्दै असभ्य भाषामा गाली गर्न मै धेरै समय खर्च ग¥यौँ । अब हामीले आफ्ना बारेमा समीक्षा गर्ने बेला आएको छ । अब पनि हामीले यसरी नै बस्ने हो भने हामी धेरै पछाडि पर्नेछौँ । हाम्रा भावि पुस्ताले हामीलाई नै धिक्कार्नेछ ।
सगुनले हामीलाई बैगुन गरेको छ । हामीले सधै जातले पाएको भन्दै मर्दा पर्दा नै किन नहोस वा चाडपर्व लगाएतका अन्य अबसरमा सधै रक्सी खानै परेको छ । सानै देखि जातले पाएको हो भन्दै जतिबेला पनि खाने बानीले हामीलाई बिगारेको हो । हुन त यो पङ्तीकारको भनाई रक्सी चटक्कै छोड्नुपर्छ, खानै हुन्न भन्ने होइन । संसारमा सबैले खान्छन् रक्सी खानुपर्छ खान कै लागि बनाईएको हो यसमा दुइमत छैन । तर कसरी खाने कहिले खाने त्यो पहिले डिसाइड हुनु जरुरी छ । होइन भने कसैलाई सराव्दैमा हामी हाम्रो प्रगती हुने वाला छैन । संस्कार हो भने त्यसलाई संस्कार कै रुपमा रहन दिनुपर्छ तर संस्कारले नै हामीलाई सखाप पार्ने हुनु हुँदैन ।
समयानुकुल हामी परिवर्तन हुन सकेको भए अथवा हाम्रा पुर्खाका संस्कारलाई समयानुकुल परिवर्तन गर्न सकेको भए सायद आजको यो अबस्था जरुर आउने थिएन । समयसँगै फेरिन सकेको भए आज संसारबाट डाइनोसरहरु लोप भएर जाने थिएनन् ।
हाम्रो आफ्नै भाषा छ, भेषभूषा छ, संस्कृति छ आफ्नै छुट्टै पहिचान छ र गर्भिलो इतिहास छ । तर हाम्रो इतिहास लेख्ने कोही छैन । मगरको अहिलेसम्मको इतिहास लेख्ने बाहुन वा कोही विदेशी नै छ । दुखका साथ भन्नुपर्छ मगर आफ्नै इतिहास लेख्न समेत हामी आफै सकिरहेका छैनौ यो तितो यथार्थ पनि हामीले स्वीकर गर्नै पर्छ । पछिल्लो समयमा आएर हाम्रो कला भाषा संकृति सबै लोप हुँदै गएका छन् । त्यसका दोषी पनि हामी नै हो ।
समयानुकुल हामी परिवर्तन हुन सकेको भए अथवा हाम्रा पुर्खाका संस्कारलाई समयानुकुल परिवर्तन गर्न सकेको भए सायद आजको यो अबस्था जरुर आउने थिएन । समयसँगै फेरिन सकेको भए आज संसारबाट डाइनोसरहरु लोप भएर जाने थिएनन् । उनीहरु पनि कुनै स्वरुपमा संसारमा अस्तित्वमा रहने थिए । ठिक त्यस्तै हामी मगरहरुको संस्कार भाषा संस्कृति र भेषभूषाको अबस्था छ । हामीले लगाउने छिटको गुन्यु मखमलको चोली, धलेक, छपक्कै लगाएको गहना र गलाभररीको पोते अनि कण्ठ माला, भोटो, कछाड, भाङ्ग्राको डिजाइनलाई समयानुकुल बनाउनै पर्छ । हुन त पछिल्लो समयमा आएर महिलाहरुले चोलीको सम्म केही आधुनिक शैली दिएर लगाउने गरेको पाइन्छ ।
कतिपयहरु विश्वयुद्धपछि नै मगरहरुले यस्ता पहिरन लगाउन थालेका हुन भन्छन् । त्यो खोजको विषय बन्न सक्ला तर मगरहरुको इतिहास र भेषभुषा यति छोटो होइन र छैन भन्ने यो पङ्तीकारको दाबी हो ।
कतिपयहरु विश्वयुद्धपछि नै मगरहरुले यस्ता पहिरन लगाउन थालेका हुन भन्छन् । त्यो खोजको विषय बन्न सक्ला तर मगरहरुको इतिहास र भेषभुषा यति छोटो होइन र छैन भन्ने यो पङ्तीकारको दाबी हो । त्यसो त बिश्वयुद्धपछि मगर तथा गुरुङ्गहरुले पैसा कमाएर आएपछि मखमलका पोषाक र गरगहना किनेको हो भन्ने पनि एकथरीको तर्क छ । यद्यपी हामीले हाम्रो संस्कार वा पहिचान जोगाउनको लागि हामी आफैले लाग्नु आवस्यक छ भन्ने मात्र मेरो भनाई हो ।
अनि अर्को कुरा हामी मगरहरुका रोल मोडल नै कोही भएनन् । हाम्रा बाबु बाजेहरु लाहुरे भए तिनै हुन् हाम्रा रोल मोडल त्यसैले मगर युवाहरुको भविश्य अन्यौलमा प¥यो बाजे बराजु लाहुरे भए हामी हुन सकेनौ भन्ने खिन्नताले समेत धेरै मगर युवाहरु बिग्रेका छन् । पल्टन बाहेक हामीले अन्त अबसर देख्दै देखेनौँ । अहिले पनि देख्दैनौ धेरै मगर युवाहरुको पहिलो रोजाई र चाहना भनेकै लाहुरे हुने नै रहेको छ । अब हामीले फराकिलो ढङ्गले सोच्नु जरुरी छ ।
हामी मगर मगरबीच नै लडाई चर्काउने खेल भइरहेको छ । हामी हाम्रो पहिचान जोगाउन वा मगरको अस्तित्व बचाउन रोल्पाको मगर कास्की मै मिसिनुपर्छ भन्ने छैन । पूर्वी पाल्पाको मगर उठ्दा भोलि रुपन्देहीको थारुले स्वीकार गर्न सक्यो भने मात्र सार्थकता रहन्छ ।
राजनीतिका कुरा, हामी कहिल्लै पनि नेता हुन सकेनौँ । जहिले पनि हामी नेता बनाउनका लागि मात्र प्रयोग भयौँ र भइरहेका छौँ । कुनै पनि राजनीतिक दलको उच्च तहमा मगरहरुको प्रतिनीधित्व सन्तोसजनक छैन । मूलधारका राजनीतिक दलले त्यो अबसर दिएनन् वा हामी मगरहरु नै त्यस खालको वातावरण सिर्जना गर्न असमर्थ भएका छौँ । सबै राजनीतिक दलहरुले मगरलाई पं्रयोग मात्र गरेका छन् । चाहे त्यो नेपाली कांग्रेस होेस, चाहे नेकपा एमाले अथवा आफूलाई सर्वहारा वर्गको पार्टी बताउने नेकपा माओवादी केन्द्र नै किन नहोस, सबै–सबैले हामीहरुलाई आफ्नो स्वार्थका लागि भरमग्दुर प्रयोग मात्रै गरिरहेका छन् । उनीहरु एक थरी हामीलाई मूलधारमा नै ल्याउन चाहँदैनन् भने एकथरीले हामीहरुलाई नै देखाएर आफ्ना स्वार्थ भजाइरहेका छन् । कस्ले के गरिरहेको छ भन्ने कुरा बर्तमान परिप्रेक्षमा सर्वविधितै छ, सायद भनिरहनु पनि नपर्ला ।
अहिले टड्कारो रुपमा बहस चलिरहेको पहिचान कै कुरामा पनि अहिले हामीलाई फाइदा होइन बेफाइला पु¥याउने मात्र खेल भइरहेकोछ । हाम्रा नेतृत्व बर्गले पनि यो कुरा बुझ्नु जरुरी छ । हामी मगर मगरबीच नै लडाई चर्काउने खेल भइरहेको छ । हामी हाम्रो पहिचान जोगाउन वा मगरको अस्तित्व बचाउन रोल्पाको मगर कास्की मै मिसिनुपर्छ भन्ने छैन । पूर्वी पाल्पाको मगर उठ्दा भोलि रुपन्देहीको थारुले स्वीकार गर्न सक्यो भने मात्र सार्थकता रहन्छ । होइन भने त निषेधको राजनीतिले नेपाली कसैको पनि हित गर्दैन मगरको मात्र होइन ।
सँगै बसेर रक्सी खाँदैमा मगरको अधिकार प्राप्त हुनै सक्दैन भन्ने कुरा प्रष्ट हुनु जरुरी छ । हुन त यो पङ्तीकार राजनीतिमा पोख्त भएको पनि होइन तर यो ठिटोले जे जति बुझ्यो त्यो यथार्थ हो । राजधानी केन्द्रित केही समयको मेरो पत्रकारिता अनुभवले यसै भन्छ ।
जातीय मुक्ति आन्दोलन र मगरात प्राप्तीको लडाईँलाई कमजोर हुन नदिन सबै बुद्धिजिबी अधिकारकर्मी सञ्चारकर्मी समाजसेबी सचेत सजग र संगठीत हुनैपर्छ र आम जनतालाई कुरा बुझाउनु जरुरी छ ।
हिजो जातीय पहिचान र जातीय राज्य फरक हो भनेर बुझाउन नसक्दा मिल्ने साथ पनि मिलेन यो ठूलो कमजोरी हो । आदिवासी जनजातिका आआफ्ना साझा संगठन संस्थागत २००७ सालकै सेरोफेरोबाट नै भएको देखिन्छ थारु कल्याणकारी सभा २००५ लिम्बु सुधार समाज २००७ मगर समाज सुधार संघ २०१२ नेपाल तामाङ समिति २००३ लगाएत जातीय संस्था संगठीत थिए । बदलिँदो राजनीतिक परिस्थितिसँगै पछिल्लो समय २०६२÷०६३ को जनआन्दोलनको सफलता पछि थुप्रै जातीय संघसँस्था देश तथा विदेशमा बढेकाछन् । समाज सुधार गर्ने आफूभित्र रहेका बिकृति हटाउने सँस्कृति संरक्षण गर्ने उद्धेश्यले संगठित संस्था पछिल्लो समय राजनीतिक मुद्धा र खास गरी पहिचान र अधिकारमा कन्द्रित छन् । यो नै समयको माग हो ।
मगर जातिका हकअधिकार संवैधानिक ब्यबस्थाका निम्ति निर्णाँयक लडाईको समय आएको छ । हिजोआज र भोलिका विषय बिश्लेषण गरी पूर्णँत संवैधानिक ब्यबस्था गर्नसके भोलिका सन्ततिले बिभेदपूर्णँ नियति भोग्नुपर्नेछैन । अगाडि पुगेकोलाई तानेर पछाडि वराबरी गर्ने होइन अगाडि पुगेकोलाई पछयाएर भेट्याउन सक्नुपर्छ । हामीले हामी के कारणँले पछि प¥र्यौँ कसरी पछाडि पारियो भन्ने कुरा थाहा पाइसकेका छौँ । थाहा पाएर पनि कमजोरी सुधार्न नसक्नु र अघि बढ्न नसक्नु जनजातिकै कमजोरी हो । कसैलाई दोष लगाएर आफू पन्छिएर जातीय उत्थान सम्भव छैन आआफ्नो ठाउँमा आआफ्नो कमजोरी स्वीकार्नैपर्छ जिम्मेवारी लिनैपर्छ्र राष्ट्रिय राजनीति र नीति निर्माणँ तहमा मगरहरुको सहभागिता नहुनु नै मगरहरु सिमान्तकृत हुनुको प्रमुख कारण हो ।
त्यो सँगै शैक्षिक आथिर्क प्रशासनिक लगाएत बिबिध क्षेत्रमा पिछडिनु अर्को कारण हो भने मगर÷आदिवासी जनजातिलाई नियोजित ढङगले उनीहरुको जल जङगल र जमिन माथिको अधिकारबाट बञ्चित पारिनु उनीहरुको आफ्नो राज्य खोसिनु र एकात्मक हिन्दु परम्पराबादी बाहुनबादी शासन ब्यवस्था लादिनु अर्को कारण हो जसले गर्दा नीति निर्माण तहमा मगर अथवा आदिवासी जनजातिको सहभागिता न्यून भयो र जनजाति अनुकुल ब्यवस्था नीति निर्माण हुन सकेन र जनजातिले यो नियति बेहोर्नु प¥यो ।
परिस्थिति अनुकुल परिवर्तन हुन नसक्नु हाम्रो कमजोरी हो यो कमजोरी हटाउँदै अब जातीय प्रतिनिधित्व अलिकति संविधानबाट अलिकति सम्बन्धबाट अलिकति स्वयम्बाट र खबरदारी सडकबाट गर्ने हो भने मात्रै जातीय उत्थान सम्भब छ ।
– लेखक काठमाडाैँमा क्रियाशील पत्रकार हुन्, राजनीतिक, समसामयिक तथा सामाजिक विषयमा कलम चलाउँछन्।