एजेन्सी –यदि तपाइँ माकुरादेखि डराउनुहुन्छ वा माकुराको जाल हटाउने कामबाट दिक्क भईसक्नुभएको छ भने , आज हामी तपाइँलाई यस समस्याबाट मुक्ति पाउने उपायबारे जानकारी दिन्छौं । महङ्गा किट्नाशक औषधीको प्रयोगले हाम्रो स्वास्थ्यमा नराम्रो असर पार्नुको साथै पैसा र समयको पनि नोक्सान गर्दछ । त्यसैले तपाइँले यस समस्याबाट छुट्कारा पाउनको लागि प्राकृतिक उपायलाई अपनाउन जरुरी छ । माकुराले पुदिनाको गन्धलाई सहन सक्दैन । त्यसैले पुदिनाको प्रयोग गरी माकुराको समस्यालाई हटाउने प्राकृतिक औषधिको निर्माण तपाइँ आफै गर्न सक्नुहुन्छ । जस्लाई बनाउने विधि निम्नानुसार छ:
सामाग्रीहरु : १) १ स्प्रे बोतल ( पानीलाई छर्कने सिसी ) २) पानी ३) पुदिनाको तेल
बनाउने विधि :
स्प्रे बोतलमा २० सेन्टिलिटर पानीलाई हालेर २–३ थोपा पुदिनाको तेललाई मिसाउनुहोस् । त्यसपछि यस बोतललाई हल्लाएर पुदिनाको तेल पानीमा राम्ररी मिसाउनुहोस् ।
प्रयोग गर्ने तरिका : यस मिश्रणलाई झ्यालढोका , घरको कुना र माकुरा किराफटेङ्ग्रा बस्ने ठाउँमा छर्कनुहोस् । यसबाट तपाइँको किराफटेङ्ग्राको समस्या हट्नेछ । साथै यसको प्रयोगले मुसालाई हटाउनमा पनि मद्धत मिल्दछ । तसर्थ यस उपायलाई अपनाई आफ्नो घरलाई सफा राखी स्वस्थ रहनुहोस् ।