किन ? बेलुकाको खाना चाँडै खानुपर्ने ८ कारण यस्ता छन्

एजेन्सी , हामी नेपालीहरुको  बानी खाना खाँदा एकैचोटी र बढी खाने हुन्छ । खाना खाँदा खाने समयको अन्तर लामो राखेर हामी धेरै खाइरहेका हुन्छौं । यसो गर्दा स्वास्थ्यमा नकारात्मक असर पर्ने गर्दछ ।

बेलुकाको खाना चाँडै खानुपर्ने  कारणहरु: 

१. तौल नियन्त्रण, अधिक उर्जा : तपाई तौल नियन्त्रणमा राख्न चाहनुहुन्छ भने बेलुकीको खाना चाँडै खाने गर्नु पर्दछ । खाना खाएको केहि समयपछि हिड्ने अथवा दौडिने गर्नुपर्दछ । तपाई जतिसुकै बढी खाना खानुहोस् तर यस्तो तरिका अपनाउदा तौल बढ्दैन । बेलुकीको खाना चाँडै खाने हो भने बिहान नास्ता राम्ररी रुच्छ र शरीरले अधिक उर्जा पाउँछ । यदी बेलुकाको खाना ढिलो खाने हो भने बिहानको नास्ता खान त्यति मन लाग्दैन , जसबाट दिनभर उर्जाको कमी हुने गर्दछ ।

२. छाति पोल्दैन , पेटको रोग कम : दैनिक खाना खाँदा सहि समयमा खाने हो भने खाना  पूर्ण रुपमा पच्छ, यसबाट पेट सधैं सफा रहन्छ । पेट दुख्ने, ग्यास र अपचको समस्या पनि हुँदैंन । जसले गर्दा छाला पनि चम्किलो हुने गर्दछ । अधिकांश मानिसहरु खाना खाएपछि सुत्ने जाने बानी हुन्छ । जसले गर्दा स्वास्थ्य खराब हुनसक्छ र छाति पोल्ने समस्या आउछ । यदी चाँडै खाना खानुहुन्छ भने यो समस्या आउँदैंन ।

३. गहिरो निन्द्रा : चाँडै खाना खाँदा निन्द्रा नआउने समस्या केही हदसम्म कम गर्न सकिन्छ । जसले गर्दा शरीरको चक्र पनि व्यवस्थितहुने गर्दछ ।

४. चाहे अनुसार खाना खाने : यदी तपाईले चाँडै खाना खाने गर्नुहुन्छ भने त्पाईं आफैं निर्धारण गर्न सक्नुहुन्छ के–के खाने भनेर । खाना खाएपछि डेजर्ट खान मन लाग्छ भने तपाईं आरामले खान सक्नुहुन्छ । किनकि खाना पहिले नै पचिसकेको हुनेछ ।

५ . पाचनका लागि बढी समय उपलब्ध : हामीले खाने खाना खाएपछि त्यसलाई पच्न समय लाग्छ । ढिला खाना खाँदा रातभर सुतेपछि पनि पाचनप्रक्रिया चलिरहन्छ, जुन स्वास्थ्यका लागि हानिकारक हुन्छ । त्यसैले यदि चाँडै खाना खाने हो भने त्यसलाई पचाउने समय पनि पाइन्छ र यसबाट बिहान ताजा अनुभूति पनि हुन्छ ।

प्रकाशित : सोमबार, बैशाख २५, २०७४१२:५२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

आयुर्बेदका अनुसार जान्नुहोस् कस्तो छ तपाईको शरीर !