आफ्नै बानी ले बनाउन सक्छ तपाई को मृघौला खराब

मृघौला अर्थात किड्नी हाम्रो शरिरको एक महत्वपुर्ण अँग मानिन्छ, यो अँग शरिरका रक्तकोशिका हरुमा प्रवाह हुने रगत यहि अँगको माध्यमवाट प्रवाह हुने गर्दछ । यो अंग ले सहि तरिकाले काम गर्न छोडेको खण्डमा हाम्रो शरीर रोगको भण्डार हुन जान्छ । यसले हाम्रो शरीरमा भएका नकारात्मक चिजहरुलाइ बाहीर निकाली रगत लाइ सधै ताजापन दिन्छ, अनि शरीरमा भएको मिनरल्स र एसिड्स हरुलाई संतुलित राख्न सघाउँदछ ।
यस्तै कारण हरुले गर्दा यसको सुरक्षाका लागि आफ्ना केही बानीहरु सुधार गर्नु पर्ने हुन्छ ।

१. पानि कम पिउनु

यदि हामी आवश्यक मात्रामा पानी पिएनौ भने मृघौला लाइ रगत सफ ागर्नका लागि जति मात्रामा तरल पदार्थ आवश्यक पर्दछ त्यो पूर्ण रुपले परिपुर्ती हुन पाउदैन । यसकारण रगतमा खराव तत्वहरुको मात्रा बढ्दै जान्छ । अनि मृघौला मा समस्या देखा पर्न सक्दछ ।

२. पिसाव रोक्नु

यदि तपाई आफ्नो पिसव लाइ रोक्ने बानी गर्नुभएको छ भने सचेत हुनुहोस यो तपाइको बानी मृघौलाको लागि अत्यन्तै खतरनाक साबित हुन सक्छ, पिसाव रोक्दा मृघौलामा पथ्थर जम्न सक्ने संभावना अत्यन्तै प्रवल हुन्छ । बेलैमा यस बिषयमा सचेत हुनु पर्ने हुन्छ अन्यथा पछुताउनु शिवाय अन्य कुनै उपाय हुदैन ।

३. धेरै नुन खानु

शरीर लाइ सन्तुलीत राख्का लागि नुन अर्थात सोडियमको सहि मात्राको आवश्यकता पर्दछ । यदि हामी दैनिक रुपमा फलफुल तथा सागसब्जी खानाले पनि हाम्रो शरीरमा सोडियमको मात्राको पुर्ती हुन जान्छ । यदि खाना खांदा पनि नुन को मात्रा अत्याधिक हुन गएमा यसले रक्तचाप ‐ब्लडप्रेसर) लाइ बढांउदछ । रक्तचापले मृघौला अत्याधीक चाँप बढाउदछ । त्यसपश्चात मृघौला को रोगको शिकार हुनुपर्ने हुन्छ । दिनमा ५ ग्राम भन्दा बढी सोडियमको प्रयोग गर्नु स्वास्थ्यको लागि हानीकारक मानिन्छ ।

४. कोल्ड ड्रिङक्स

यदि तपाई पेय पदार्थ को प्रयोग गर्दै हुनुहुन्छ भने शायद तपाई लाइ थाह नहुन सक्छ कि यो स्वास्थ्य को लागि कति हानिकारक छ । अत्यधीक मात्रामा पेय पदार्थ पिउनाले शरीरमा भएको प्रोटीन को मात्रा पिसाव संगै बाहीर जान्छ । यसको अर्थ यो हुन जान्छ कि त्यही समय नै मृघौला सहि ढंगले काम गर्न सक्दैन ।

५. निद पुरा गर्न नसक्नु

जव तपाइ निदाउनुहुन्छ तपाइको मृघौलाका कोसिका हरुको नवनिर्माण प्रकृया हुन्छ । यसैले यो समयमा तपाइ को निद्राको आवश्यकता पर्ने हुन्छ, यदि निद्रा पुरा हुन नसकेको अवस्थामा यो प्रकृया अवरुद्ध हुन जान्छ, यसैले मृघौला स्वस्थ राख्नका लागि निद्रा पुरा गर्नु आवश्यक हुन्छ ।

६. माछा मासुको अत्यधीक सेवन

मासुको अत्यधीक सेवन गर्नाले हाम्रो मृघौला को मेटावोलिज्म मा अत्यधीक मात्रामा दवाव पर्न सक्छ । यदि खानामा अत्यधीक मात्रामा प्रोटिन को प्रयोग गरियो भने स्वभाविक रुपमा मृघौला लाइ पनि मेहनत गर्नुपर्ने हुन्छ, भविश्यमा यसले ठुलो खतरा निमत्याउन सक्ने संभावना रहन्छ ।

७. मादक पदार्थको सेवन

अत्यधीक मात्रामा अथवा नियमीत मादक पदार्थको सेवनले हाम्रो आन्द्रा तथा मृघौला मा धेरै ठुलो असर गर्ने संभावना रहन्छ ।

८. भोजनमा मिनरल्स र भिटामिनको कमी

भोजनमा ताजा फल तथा सागपातहरु हुनु मृघौला तथा सम्पुर्ण शरीरको लागि अत्यन्तै फाइदाजनक मानिएको छ । मृगौला फेल हुनु र पथ्थर बन्ने अधिक संभावना तव हुन्छ जव हाम्रो भोजनमा मिनरल्स र भिटामिनको मात्रा कम हुन जान्छ । म्याग्नीशियम र भिटामिन मृगौला लाइ खतरा पुर्ण राख्न मा सहयोग पुर्याउदछ ।

प्रकाशित : सोमबार, चैत ०८, २०७२११:३३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अनुहार गोरो बनाउने उपायहरु, हटाउनुहोस दाग पनि