के तपाइँ पत्याउनुहुन्छ: सलमान र साहरुख खानको भन्दा बढी गुगल सर्च हुन्छ यी युवकको

काठमाडौँ,०३ पुस – भारतमा धेरै गुगलमा बढी खोजि हुने सेलिब्रेटीमा सलमान, सोनि लियोनी र सारुख खान लगायतका कलाकारहरु पर्छन् ।  तर बंगलादेशमा यस्ता एक युवक छन् जुन भारतका सलमान र साहरुख खान भन्दा पनि चर्चित छन्, र उनलाई गुगलमा ति भारतीय स्टार सेलिब्रेटी भन्दा बढी खोजि गरिन्छ ।  उनको नाम हो, आलम उर्फ अलोम बोगरा ।

बोगरा हाल बंगलादेशमा निकै नै चर्चित छन्।  उनलाई अहिले कोहिले सलमान त कोहिले साहरुखसंग तुलना गरेर उनको गर्दै उनको स्टारडम दिनानुदिन बढ्दै छ। अहिले उनि त्यहाँ सुरस्टार भनेर परिचित छन्, उनको रुपलाई लिएर भने  सामाजिक सञ्जालमा विभिन्न खालको आलोचना र समर्थनहरु हुने गरेका छन ।

यी युवक एक सामान्य परिवारमा जन्मेका ब्यक्ति हुन् र उनले  सिडी बेच्ने काम गर्थे। उनलाई सिडी बच्दा बेच्दै मोडल बन्ने रहर जाग्यो र उनले आफैले गित गाए अनि त्यसमा मोडलको काम गरे त्यससँगै उनको गित र मोडलिङको खुबी तारिफ र चर्चा हुन थाल्यो। अनि उनलाई मोडलको प्रस्तावहरु आउन आउन थाले।  जब उनका गीत भिडियोहरु युट्युवमा हालियो त्यसपछि त उनिको माग यसरी  ह्वात्तै बढ्योकी जसको कारण उनि रातारात चर्चित सुपरस्टार बन्न सफल भए   ।

उनले बंगलादेशमा ५०० भन्दा बढि म्यूजिक भिडियोमा अभिनय गरिसकेका छन्  । उनका भिडियोका हाउभाउ हेर कुनै रोमान्टिक हिरो भन्दा कम उनि देखिँदैनन् । उनको केहि हाउभाउ भारतीय नायक साहरुख खानसंग पनि मिल्न जान्छ ।     बलिउडका अभिनेता सलामान खानको एक गीतको म्यूजिक भिडियो समेत उनले काम गरिसकेका छन् ।                                                                                                                                   

प्रकाशित : आइतबार, पुष ०३, २०७३१६:०८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

केटीको विवाहको कुरा छिनोफानो हुँदै गर्दा अर्का युवक आएर किस गरेपछि…