केटीको विवाहको कुरा छिनोफानो हुँदै गर्दा अर्का युवक आएर किस गरेपछि…

एजेन्सी, नयाँदिल्ली – जो कोहीलाई पनि आफूले मन पराएकी युवतीको विवाह अरु कुनैसंग हुने कुराको छिनोफानो हुने कुरा हुँदैछ भने त्यो कुरा हुने हलातमा पनि सहन सकिन्दैन  ।
यस्तै हिम्मत देखाएर फिल्मी स्टाइलमा विवाह रद्द गर्न सफल भएका छन् एकजना भारतीय युवा । भारतको बैंग्लोरस्थित दुई परिवारबीच विवाहको कुरा छिनोफानो भइरहको समयमा एकजना युवक अचानक प्रवेश गर्छन् । आफ्नी प्रेमिका अर्थात अर्को युवकसँग विवाह हुन लागिरहको केटीलाई समात्छन् र हिम्मत गरेर किस गर्छन् । अब परेन त फसाद । यसरी ती युवकले विवाह हुन लागेकी युवतलाई किस गरेपछि त्यहाँ केटी हेर्न आएका परिवार र केटीका परिवार दुवै अक्क न बक्कमा परेका थिए ।
केटाले आफूले ती युवतलाई मन पराउने र आफूले विवह गर्न चाहको इच्छा जाहेर गरेका थिए । केटीले पनि आफूले ती युवकलाई मन पराउन दावी गरेकी थिइन् । धेरै समयको हल्लाखल्लापछि अन्ततः ती युवतीका परिवारले केटा पक्षलाई डाकेर विवाह गरिदिएका छन् ।

प्रकाशित : सोमबार, पुष ०४, २०७३१२:३३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

कुकुरको पनि मान्छेकै जस्तो विधि पुगाएरै मलामीसहित दाहसंस्कार