मुखैमा ट्वाक्क पर्ने अचारको परिकार त तपाईहरुलाई मन पर्छ होला, अझ टमाटरको अमिलो अमिलो अचार त झन के कुरा गरौँ । आउनुहोस यस्तै एउटा टमाटरको अचार बनाउने तरिका सिकौँ ।
१. पहिले टमाटरलाई मजाले धुनुहोस ।
२. टमाटरलाई सानो सानो टुक्रा पारेर काट्नु होस ।
३. त्यसपछी स्वादअनुसार नुन, बेसार तथा मसला हाल्नुहोस ।
४. त्यसमा अलिकती खुर्सानीको धुलो मिसाउनुहोस, स्वादीलो हुन्छ ।
५. लसुन, अदुवा तथा हरियो खुर्सानी का स साना टुक्रहरु पारेर मिसाउनुहोस ।
६. त्यसैमाथि मेथि, जीरा, रायो र धनिया भुटेर पिसेको धुलो हाल्नुहोस ।
७. मजाले टमाटर मोलेर काँचो तोरीको तेल मिसाउनुहोस् ।
८. अब तपाईको अचार तयार भयो, फेरी राम्रो संग मोलेर एकैक्षण राख्नुहोस ।
९. अब केही सिसाका बट्टारुमा अचार भरेर घाममा सुकाउनुहोस, लगभग १० देखि १५ दिनमा तपाइको अचार खानका लागि योग्य हुन्छ ।
source-anumasharmabhattarai.blogspot.com