एक ब्लड टेष्टबाट थाह हुने — भुल्ने रोग !!!

बिगुल स्वास्थ्य, काठमाडौँ । बढ्दो २१ औँ सताब्दीको युग, बिज्ञान तथा संचारको युग । बिज्ञानले गरेका चमत्कार हरु दिनानुदिन नै खबर सार्बजनीक हुने गर्दछन् । धेरै साना अनि ठुला शिर्षकहरु बैज्ञानिकहरुका लागि चुनौतिपूर्ण हुने गर्दछ ।
यस्तै गरी पछील्लो समयमा रगतको परिक्षणबाट मानिसको भुल्ने बिमारी पत्ता लाग्ने शुत्र बैज्ञानिकको हातमा परेको खबर छ ।
जर्मनको एक यूनिवर्सिटीका केही सोधकर्ताहरुको अध्ययनबाट रोग देखीनुभन्दा १५ बर्ष पहिले नै यसको लक्षण पत्ता लाग्न सक्ने उनिहरुको भनाई छ । यस अध्ययनका प्रमुख लेखक क्लाँस जर्वट ले बताएअनुसार यो रोगको परिक्षणबाट अल्जाइमरको जाँच पहिलो चरणमा गरेपश्चात प्रयोग गरिने औषधीले भुल्ने रोगबाट छुटकारा पाउनका लागि मद्त गर्नेछ ।
१४१ रोगिहरुको रगतको नमुना परिक्षण पश्चात यस्तो निकर्षमा पुगिएको बताइएको छ । सो अध्ययनका क्रममा बैज्ञानिकहरुले ८० प्रतिशत र चिकित्सीय आदर्श मानकको तुलनामा सेरेब्रोस्पाइन फ्लूड मा ९० प्रतिशत परिशुद्धता प्राप्त गरिएको बताइएको छ । यो प्रतिवेदनलाई एनालिटिकल केमिस्ट्री ले प्रकासन गरेको छ । –एजेन्सी

प्रकाशित : मङ्गलबार, बैशाख १४, २०७३०६:४७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

चुम्बन गर्ने बेला किन बन्द हुन्छ आखाँ ?