भदौ ९ गतेको पञ्चाङ्ग तथा राशिफल :
दिन : सोमवार
तिथि : द्वितिय, ११:४३ बजेपछि तृतीया
नक्षत्र : उत्तरफाल्गुनी, ०४:०४ बजेपछि हस्त
योग : सिद्ध, १३:३७ बजेपछि साध्य
करण : कौलव, ११:४३ बजेपछि तैतिल, २४:०९ बजेउप्रान्त गर
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
स्वास्थ्यमा समस्या देखिन सक्छ, विशेष गरी चिसोबाट सजग रहनु आवश्यक छ। अरूको भलो गर्ने क्रममा आफैंलाई अपजस भोग्नुपर्ने अवस्था आउन सक्छ। आर्थिक लेन-देन नगरे उत्तम हुन्छ। निर्णय क्षमतामा कमी भई मानसिक चिन्ता बढ्नेछ। छिटो लाभको लालसाले समस्या निम्त्याउन सक्छ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
दिन लाभदायक रहनेछ। धन वृद्धि र पदोन्नतीको सम्भावना छ। साझेदारीमा गरिएका कामबाट सफलता प्राप्त हुनेछ। परिवारसँग रमाइलो समय बित्नेछ र छोटो रमाइलो यात्राको अवसर मिल्ने सम्भावना छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
समय अनुकूल छ। कार्यालयमा सहकर्मी र उच्च अधिकारीहरूसँग राम्रो सम्बन्ध कायम हुनेछ। कार्यक्षेत्रमा सहयोग प्राप्त हुनेछ। पदोन्नती वा जिम्मेवारी बढ्ने सम्भावना छ। सामाजिक सम्मान बढ्नेछ र आफन्तसँग रमाइलो भेटघाट हुनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
काम सजिलै सम्पन्न हुनेछ र उच्च अधिकारीहरू प्रसन्न हुनेछन्। पदोन्नती वा प्रशंसा पाउने अवसर छ। पारिवारिक वातावरण शान्तिपूर्ण रहनेछ। आमासँगको सम्बन्ध अझ नजिक हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
दिन फलदायी छ। काममा ध्यान केन्द्रित गर्नुहोस्। धार्मिक वा मांगलिक कार्यमा सहभागिता रहनेछ। धार्मिक स्थलको भ्रमणको सम्भावना छ। विदेशमा रहेका आफन्तबाट शुभ समाचार प्राप्त हुनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
नयाँ काम सुरु नगरे राम्रो हुन्छ। स्वास्थ्यप्रति विशेष ध्यान दिनुहोस्। क्रोध बढ्ने भएकाले बोलीमा संयमता आवश्यक छ, अन्यथा विवादमा फस्न सकिन्छ। आम्दानीभन्दा खर्च बढी हुने देखिन्छ। तर सन्तानतर्फबाट सुखद समाचार प्राप्त हुनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
दिन आनन्दमय रहनेछ। विपरीत लिंगीप्रति आकर्षण बढ्नेछ। नयाँ वस्त्र वा सामग्री खरिद हुने सम्भावना छ। मन हल्का र प्रसन्न रहनेछ। खर्च बढे पनि सम्मान र उत्तम खानपानको अवसर मिल्नेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
दाम्पत्य जीवन सुखमय रहनेछ। पारिवारिक वातावरण रमाइलो हुनेछ। स्वास्थ्य राम्रो रहनेछ। सहकर्मीबाट सहयोग प्राप्त हुनेछ। स्त्री मित्र वा आफन्तसँग भेट हुनेछ र शुभ समाचार सुन्न सकिनेछ। आकस्मिक धन लाभको योग पनि छ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
यात्रा अनुकूल छैन। सन्तानको स्वास्थ्यले चिन्ता बढाउन सक्छ। काममा अपेक्षित सफलता नपाउँदा निराशा आउनेछ। क्रोध नियन्त्रण गर्नु आवश्यक छ। साहित्य, कला वा सिर्जनात्मक क्षेत्रमा रुचि बढ्नेछ। तर अनावश्यक वादविवाद र तार्किक बहसबाट टाढा रहनुहोस्।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
पारिवारिक जीवन रमाइलो रहनेछ। शारीरिक तथा मानसिक रुपमा ऊर्जाशील महसुस हुनेछ। तर समय प्रतिकूल हुने भएकाले सतर्क रहनु आवश्यक छ। सामाजिक सम्मान बढ्नेछ। पानि तथा स्त्री मित्रसँग अनावश्यक नजिकिनु उचित नहुन सक्छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
मानसिक सहजता अनुभव हुनेछ। दाजुभाइ तथा बहिनीहरूसँग सम्बन्ध सुमधुर रहनेछ। मित्र र आफन्तसँग रमाइलो भेटघाट हुनेछ। समय रमाइलोमा बित्नेछ। यात्रा वा मनोरञ्जनात्मक गतिविधिमा सहभागिता बढ्नेछ। ज्ञान र बौद्धिक छलफलको अवसर मिल्नेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
खर्च नियन्त्रण गर्नुपर्छ। क्रोध र वचनमा संयमता अपनाउनु आवश्यक छ। विवादमा फस्ने सम्भावना भएकाले सतर्क रहनुहोस्। स्वास्थ्य सामान्य रहनेछ। नकारात्मक विचारले मनमा असर पार्न सक्छ, त्यसैले सकारात्मक सोचमा ध्यान दिनु लाभदायक हुनेछ।