भदौ १० गतेको पञ्चाङ्ग
दिन : मंगलवार
तिथि : तृतीया, १२:४२ बजेपछि चतुर्थी
नक्षत्र : हस्त, दिनरात, त्यसपछि हस्त
योग : साध्य, १३:२५ बजेपछि शुभ
करण : गर, १२:४२ बजेपछि वणिज, ०१:२२ बजेउप्रान्त भद्रा
मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
को दिन सामान्यतया मिश्रित परिणाम दिनेछ। स्वास्थ्य प्रायः ठीक रहने भए पनि थकानको अनुभव हुनेछ। हठी स्वभावलाई नियन्त्रणमा राख्नुहोस्। पारिवारिक जीवनमा समय दिन गाह्रो पर्न सक्छ। सन्तानको विषयमा केही चिन्ता रहने सम्भावना छ। काममा भने अपेक्षित उपलब्धि मिल्नेछ।
वृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
दिन औसत तर उपयोगी रहनेछ। जुनसुकै काम दृढ मनोबल र आत्मविश्वासका साथ गर्दा लाभ पाइनेछ। पिताबाट सहयोग वा पैतृक सम्पत्तिबाट फाइदा हुनेछ। कलाकार तथा खेलकुद क्षेत्रमा संलग्नका लागि दिन लाभदायी छ। सन्तानसँग सम्बन्धित खर्च बढ्नेछ।
मिथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह)
दिन लाभ र अवसर ल्याउनेछ। आफन्त र मित्रसँग सम्बन्ध प्रगाढ हुनेछ। आर्थिक मामिलामा सजग रहनुहोला, लगानी सोचविचार गरेर गर्नु उपयुक्त हुनेछ। विचारमा छिटो-छिटो परिवर्तन आउने सम्भावना छ। तन–मन हल्का र ऊर्जावान अनुभूति हुनेछ। नयाँ योजना वा कार्यको सुरुवातका लागि अनुकूल समय छ।
कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
सामान्य दिन हुनेछ। स्वास्थ्यमा कमजोरी देखिन सक्छ, विशेषगरी आँखासम्बन्धी समस्या आउन सक्छ। पारिवारिक मनमुटावको सम्भावना छ। मानसिक रुपमा नकारात्मकता बढ्ने हुनाले आत्मबल कायम राख्नुहोस्। विद्यार्थीहरूले अध्ययनमा राम्रो उपलब्धि पाउनेछन्। अनुचित प्रवृत्तिबाट टाढा रहनु बुद्धिमानी हुनेछ।
सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
दिन फलदायी रहनेछ। आत्मविश्वास उच्च रहनेछ र निर्णय दृढताका साथ लिने क्षमता बढ्नेछ। सरकारी कामकाज वा ठूला व्यक्तिको सहयोगबाट लाभ हुनेछ। समाजमा मान–सम्मान पाउने सम्भावना छ। तर, व्यवहारमा उतावलीपन र क्रोध नियन्त्रणमा राख्नु आवश्यक छ।
कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
मानसिक तथा शारीरिक तनावको दबाब अनुभव हुनेछ। कानुनी वा अदालती विषयमा सावधानी अपनाउनुहोला। आकस्मिक खर्च बढ्ने सम्भावना छ। साथीहरूसँग विवादको स्थिति आउन सक्छ। धार्मिक वा सामाजिक काममा खर्च हुनेछ। आवेश र क्रोध नियन्त्रणमा राख्दा दिन सहज बित्नेछ।
तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
दिन शुभ रहनेछ। विभिन्न क्षेत्रमा लाभ प्राप्त हुनेछ। मित्रहरूसँग मेलमिलाप बढ्नेछ र रमणीय स्थलतर्फ यात्रा सम्भव छ। वैवाहिक जीवनमा सुख शान्ति रहनेछ। धनप्राप्तिको योग छ। व्यापारीका लागि लाभको समय हुनेछ। महिला मित्र वा जोडीबाट सहयोग र आनन्द प्राप्त हुनेछ।
वृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
घर–परिवारमा उमंग र हर्षोल्लास रहनेछ। कार्यहरू सहज र अवरोध बिना सम्पन्न हुनेछन्। समाजमा प्रतिष्ठा बढ्नेछ। कार्यक्षेत्रमा पदोन्नति वा जिम्मेवारी बढ्ने सम्भावना छ। स्वास्थ्य राम्रो रहनेछ। व्यापारी वर्ग बाहिरियात्रामा जानुपर्ने स्थिति आउन सक्छ।
धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
यात्रा स्थगित गर्नुपर्ने अवस्था आउन सक्छ। शरीरमा थकान बढ्नेछ तर स्वास्थ्य सामान्य रहन्छ। मानसिक चिन्ता र व्याकुलता रहने सम्भावना छ। सन्तानतर्फबाट टेन्सन बढ्न सक्छ। व्यवसायमा अवरोध देखापर्नेछ। भाग्य कमजोर रहने हुँदा अपेक्षित सफलता पाउन गाह्रो हुनेछ। वरिष्ठहरूसँग असमझदारी हुन सक्छ।
मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
कार्यक्षेत्र तथा व्यवसायमा अनुकूल परिस्थिति रहनेछ। काममा दक्षता देखिनेछ। सामाजिक तथा व्यावहारिक कामका लागि बाहिर जानुपर्नेछ। खानपानमा ध्यान नदिए स्वास्थ्य बिग्रन सक्छ। आकस्मिक खर्च बढ्ने संकेत छ। क्रोध र नकारात्मक सोचबाट बच्न सक्दा दिन सुखद हुनेछ।
कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आत्मविश्वास र साहस बढ्नेछ। विपरीत लिंगी व्यक्तिसँग मित्रता वा परिचय विस्तार हुनेछ। स्वादिष्ट भोजन तथा नयाँ पोशाक मन पर्नेछ। विवाहित जीवनमा निकटता र सुख अनुभव हुनेछ। समाजमा मानसम्मान बढ्नेछ। सवारी साधन वा सुविधाको लाभ पाइनेछ।
मीन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
दिन शुभ रहला। आत्मबल र आत्मविश्वास दुवै बढ्नेछन्। स्वास्थ्यमा सुधार हुनेछ। घरमा शान्ति र खुशीको वातावरण रहनेछ। दैनिक काम सहजै पूरा हुनेछन्। प्रतिस्पर्धामा सफलता मिल्नेछ। तर, भावनात्मक उत्तेजना बढ्न सक्छ। माईततर्फबाट समाचार आउनेछ। सहकर्मी वा पेशागत सहयोग प्राप्त हुनेछ।