काठमाडौँ : आज साउन ३१ गते(१६ अगस्ट) शनिबारको दिन श्रीकृष्ण जन्माष्टमी परेको छ र यस दिन बुध, गुरु, शुक्र र शनि ग्रह मिलेर यस्तो अद्भुत संयोग बनाउँदैछन्, जसले ३ राशिका व्यक्तिहरूको भाग्य चम्काउनेछ। यी राशिका लागि यो जन्माष्टमी अत्यन्तै भाग्यशाली साबित हुन सक्छ।
जन्माष्टमीमा बुध मार्गी रहनेछन् र कर्कट राशिमा सूर्यसँग युति गर्नेछन्। शनि वक्री अवस्थामा छन् र गुरु तथा शुक्र मीन राशिमा मिलेर अत्यन्त शुभ योग बनाउनेछन्। यस बाहेक भरणी, कृत्तिका र रोहिणी नक्षत्रको संयोग पनि रहनेछ। साथै, साउन ३१ गते(१६ अगस्ट) वृद्धि योग, सर्वार्थ सिद्धि योग, अमृत सिद्धि योग र ज्वालामुखी योगको महासंयोग बन्नेछ। जानौं, यो महासंयोगले कुन ३ राशिका व्यक्तिहरूलाई ठूलो लाभ दिनेछ।
वृष राशि
वृष राशि भएका व्यक्तिहरूका लागि जन्माष्टमीमा बन्ने शुभ योग अत्यन्तै फलदायी साबित हुनेछन्। तपाईका सबै रोकिएका कामहरू सम्पन्न हुनेछन्। तपाईको मेहनतको प्रतिफल प्राप्त हुनेछ। ठूलो सफलता हात लाग्न सक्छ। विवाह पक्का हुने योग पनि देखिन्छ। अप्रत्याशित धन लाभ हुने सम्भावना छ।
मिथुन राशि
मिथुन राशि भएका व्यक्तिहरूलाई गुरु र शुक्रको युति ले ठूलो लाभ दिनेछ। करिअरमा तपाईलाई ठूलो सफलता मिल्न सक्छ। कसैसँग राम्रो साझेदारी हुन सक्छ। व्यवसायीहरूले प्रशस्त धन आर्जन गर्नेछन्।
सिंह राशि
सिंह राशि भएका व्यक्तिहरूका लागि जन्माष्टमीका शुभ योगले अचानक धन लाभ हुने योग बनाइरहेका छन्। यस समयमा गरिएका कामहरूले शुभ फल दिनेछन्। कार्यालयमा तपाईंको स्थिति राम्रो हुनेछ। व्यापारमा लाभ हुनेछ। प्रेम जीवन राम्रो रहनेछ। सन्तान प्राप्तिको योग पनि देखिन्छ।