काठमाडौँ : भदौ ४ गते (२० अगस्ट सन् २०२५) बुधबार साँझ ६ बजेर ५० मिनेटमा चन्द्रमा कर्कट राशिमा प्रवेश गरिसकेको छ र त्यहाँ बुधसँग योग बनाईरहेका छन्। ज्योतिषमा यो योगलाई विशेष मानिन्छ, किनभने चन्द्रमा मन, भावना र दिलको कुरालाई दर्शाउँछ भने बुध दिमाग, वार्तालाप र समझदारीको प्रतीक हो। कर्कट राशि चन्द्रमाकै आफ्नो राशि भएकाले यो योग अझ प्रभावशाली बन्छ। यस गोचरको असर प्रत्येक राशिमा फरक–फरक हुने गर्छ, तर केही राशिहरूका लागि यो विशेष रूपमा लाभदायी हुनेछ। आउनुहोस्, जानौं यो युति कुन–कुन राशिहरूका लागि शुभ हुन्छ?
वृष राशि
यो युति तपाईका लागि कुराकानी, साना यात्राहरू र दाजु–भाइ तथा दिदी–बहिनीहरूसँगको सम्बन्धलाई अझ राम्रो बनाउनेछ। तपाईको दिमाग छिटो चल्नेछ र नयाँ–नयाँ विचारहरू सोच्न सक्नुहुनेछ।
नयाँ योजना सुरू गर्न, केही नयाँ सिक्न वा साथीहरूसँग मिलेर काम गर्न यो समय राम्रो छ। यदि तपाई लेख्ने, पढ्ने वा सानो यात्रा गर्ने योजना बनाइरहनुभएको छ भने, यो गोचर तपाईका लागि सहयोगी हुनेछ। आफ्ना विचारहरूलाई नोट गर्नुहोस् र अरूसँग बाँड्नुहोस्।
कर्कट राशि
तपाईका लागि यो समय निकै विशेष छ, किनभने चन्द्रमा तपाईको राशिमा रहेका छन्। यस अवधिमा तपाईको आत्मविश्वास बढ्नेछ र तपाईले आफ्ना कुरा स्पष्ट र प्रभावकारी तरिकाले राख्न सक्नुहुनेछ।
आफ्नो मन बुझ्न, परिवारसँग समय बिताउन र सिर्जनात्मक काम गर्न यो समय उत्कृष्ट छ। कुनै महत्वपूर्ण कुराकानी वा निर्णय लिनुपर्ने भए अहिले नै गर्नुहोस्। आफ्ना विचारहरू खुलस्त रूपमा व्यक्त गर्नुहोस्, यसले काम र सम्बन्ध दुवैमा फाइदा पुर्याउनेछ। परिवारसँगका पुराना गलतफहमीहरू हटाउने पनि यो राम्रो मौका हो।
कन्या राशि
बुध तपाईको राशिका स्वामी हुन् र यो योग तपाईका लागि साथीहरू, सामाजिक मेलमिलाप र आम्दानीका नयाँ बाटा खोल्नेछ। तपाईले आफ्ना साथीहरू वा समूहसँग मिलेर कुनै ठूलो काम गर्न सक्नुहुन्छ। यो समय सामाजिक कार्यक्रममा सहभागी हुन, नयाँ मानिसहरूलाई भेट्न र आफ्ना योजनाहरूलाई वास्तविकतामा बदल्न उपयुक्त छ।
यदि तपाई कुनै व्यवसाय वा प्रोजेक्ट सुरू गर्न चाहनुहुन्छ भने, यो गोचर तपाईंका लागि भाग्यशाली साबित हुन सक्छ। आफ्नो नेटवर्क बढाउनुहोस् र खुलस्त रूपमा कुरा गर्नुहोस्।
वृश्चिक राशि
यो युति तपाईका लागि भाग्य, अध्ययन र लामो यात्राका लागि शुभ रहनेछ। यदि तपाई कुनै नयाँ कोर्स सुरू गर्न चाहनुहुन्छ, विदेश यात्रा गर्ने योजना बनाइरहनुभएको छ वा आफ्नो करियरका ठूला लक्ष्यहरूमा काम गरिरहनुभएको छ भने, यो समय तपाईका लागि लाभदायी हुनेछ।
तपाईको मन आध्यात्मिक विषयतर्फ पनि आकर्षित हुनेछ, त्यसैले ध्यान, पूजा वा शान्त वातावरणमा समय बिताउनु राम्रो हुनेछ। आफ्ना ठूला सपनाहरूमा ध्यान दिनुहोस् र तिनमा काम सुरू गर्नुहोस्।
मीन राशि
तपाईंको सिर्जनशीलता र रोमान्टिक जीवनमा नयाँ ताजगी आउनेछ। यो समय कला, लेखन, संगीत वा कुनै सिर्जनात्मक काममा डुब्ने समय हो। यदि तपाई कसैलाई माया गर्नुहुन्छ भने आफ्ना भावनाहरू खुलस्त रूपमा व्यक्त गर्नुहोस्।
बच्चाहरूसँग समय बिताउनु वा आफ्ना सोखहरू पूरा गर्नु पनि यस अवधिमा खुशी दिनेछ। आफ्ना दिलको कुरा सुन्नुहोस् र त्यसलाई सिर्जनात्मक तरिकाले व्यक्त गर्नुहोस्। यो गोचर तपाईका लागि खुशी र नयाँ ऊर्जा ल्याउनेछ।