साउन १२ गतेको पञ्चाङ्ग
दिन : सोमवार
तिथि : चतुर्थी, २३:५२ बजेपछि पञ्चमी
नक्षत्र : पूर्वफाल्गुनी, १९:०७ बजेपछि उत्तरफाल्गुनी
योग : वरियान्, ०५:४१ बजेपछि परिघ, ०५:१३ बजेउप्रान्त शिव
करण : वणिज, ११:३३ बजेपछि भद्रा, २३:५२ बजेउप्रान्त वव
मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries):
भावुकता हावी हुन सक्छ, जसले बोली र व्यवहारमा असर पार्न सक्छ। स्वास्थ्यमा समस्या देखिन सक्छ र मान–सम्मानमा धक्का लाग्न सक्छ। आमाको स्वास्थ्यले मानसिक तनाव बढाउन सक्छ। विद्यार्थीहरूका लागि समय मध्यम खालको रहनेछ। स्त्री मित्र वा पानीसँग सम्बन्धित कुराबाट टाढा रहनु उचित हुनेछ।
वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus):
चिन्ताबाट मुक्ति मिल्नेछ। साहित्य, लेखन र कलाको क्षेत्रमा सक्रियता देखिनेछ। आमासँग आत्मीय सम्बन्ध प्रगाढ हुनेछ। छोटो यात्रा सम्भावित छ। आर्थिक मामिलामा बढी ध्यान केन्द्रित हुनेछ, जसले भविष्यका लागि फाइदा पुर्याउन सक्छ।
मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini):
दिन सकारात्मक रहनेछ। योजना अनुसार काम पूरा भएर मन प्रसन्न हुनेछ। आर्थिक समस्यामा कमी आउनेछ। सहकर्मीहरूको साथ र समर्थन मिल्नेछ। प्रियजनसँगको भेटले उत्साह बढाउनेछ। परिवारमा सुखद वातावरण रहनेछ।
कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer):
साथी र परिवारसँग खुसी साथ समय बित्नेछ। उपहार प्राप्त हुनसक्छ, जसले मन झनै रमाउनेछ। रमाइलो यात्रा र स्वादिष्ट भोजनको सम्भावना छ। शुभ समाचार प्राप्त हुनसक्छ। आर्थिक लाभ हुने संकेत छन्। जीवनसाथीसँग पनि राम्रो समय बित्नेछ। स्वास्थ्य पनि सन्तोषजनक रहनेछ।
सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo):
कोर्ट-कचहरीजस्ता विषयबाट टाढा रहनु राम्रो हुनेछ। मानसिक तनाव र स्वास्थ्य समस्याले सताउन सक्छ। बोली र व्यवहारमा संयम नअपनाए विवादमा पर्न सकिन्छ। खर्चमा वृद्धि देखिन्छ। महिलाहरूसँगको सम्बन्धमा पनि सतर्क रहनु होला।
कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo):
दिन लाभदायक रहनेछ। पूराना साथी तथा ज्येष्ठ व्यक्तिसँग रमाइलो समय बित्नेछ। सन्तान तथा जीवनसाथीसँग खुसी बाँड्न पाइनेछ। टाढा रहेका सन्तानको सुखद खबर मिल्नेछ। प्रियजनसँग भेटघाटको सम्भावना पनि छ।
तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra):
काम गर्ने वातावरण अनुकूल रहनेछ। स्वास्थ्यमा सुधार आउनेछ। जागिरमा पदोन्नतिको अवसर देखिन्छ। उच्चपदस्थ व्यक्तिहरूबाट प्रशंसा पाइनेछ। परिवारमा सौहार्दता बढ्नेछ। आमाको पक्षबाट लाभ मिल्ने सम्भावना छ। सरकारी काममा सफलता प्राप्त हुने दिन हो।
वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio):
थकान र ऊर्जा अभावको अनुभूति हुनेछ। काममा अलिकति सुस्तता देखिन सक्छ। अधिकारीहरूको व्यवहारबाट मन खिन्न हुन सक्छ। सन्तानसँग विचार नमिल्न सक्छ। नयाँ काम सुरु गर्न अझै समय पर्खिनु राम्रो हुनेछ।
धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius):
नयाँ काम सुरु गर्न उपयुक्त समय होइन। स्वास्थ्यमा समस्या आउन सक्छ, विशेष गरी स्वासप्रस्वास वा पेटको समस्या सताउन सक्छ। साथीभाइको साथ पाइनेछ। विदेशबाट सुखद समाचार प्राप्त हुने सम्भावना छ।
मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn):
दैनिक कामभन्दा बाहिरको समय रमाइलोमा बित्नेछ। साथीसँग यात्रा र स्वादिष्ट भोजनको मजा लिने मौका मिल्नेछ। विपरीत लिंगका मित्रसँग आत्मीयता बढ्नेछ। व्यापारमा प्रगति देखिन्छ। सामाजिक प्रतिष्ठा र मान–सम्मानमा वृद्धि हुनेछ।
कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius):
काममा सफलता मिल्नेछ र त्यसको कारण प्रतिष्ठा पनि बढ्नेछ। परिवारमा शान्तिपूर्ण र मिलनसार वातावरण रहनेछ। मानसिक र शारीरिक स्वास्थ्य राम्रो रहनेछ। आमाबाट शुभ समाचार प्राप्त हुनसक्छ। खर्चमा वृद्धि देखिए पनि सन्तुलन कायम हुनेछ।
मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces):
कल्पनाशक्ति तेज हुनेछ, जसले सिर्जनात्मक काममा सफलता दिलाउनेछ। विद्यार्थीहरू पढाइमा राम्रो प्रगति गर्नेछन्। पेटको समस्याले थोरै असहजता दिन सक्छ। मानसिक अशान्ति रहने भए पनि भाग्यमा वृद्धि देखिन्छ। साथीभाइको सहयोग प्राप्त हुनेछ।