असार २८ गतेको पञ्चाङ्ग र राशिफल :
दिन : शनिवार
तिथि : द्वितिय, ०१:५० बजेपछि तृतीया
नक्षत्र : उत्तराषाढा, ०७:२९ बजेपछि श्रवण
योग : विष्कम्भ, २१:०९ बजेपछि प्रीति
करण : तैतिल, १४:०३ बजेपछि गर, ०१:५० बजेउप्रान्त वणिज
• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) :
को दिनको सुरुवात उत्साहजनक हुनेछ। पारिवारिक वातावरण सान्त र सहयोगी रहनेछ। साथीभाइसँगको सम्बन्धमा अझ मजबुती देखिनेछ। यद्यपि, दिउँसोपछि स्वास्थ्यमा कमजोरी देखिन सक्छ। पारिवारिक विषयमा गलतफहमी बढ्न सक्छ। खानपानमा सचेतता आवश्यक छ, नत्र सानो लापरवाहीले स्वास्थ्यमा असर गर्न सक्छ।
• वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) :
मनमा द्विविधा र असमञ्जस बढ्ने संकेत देखिन्छ। केही स्वास्थ्यसम्बन्धी समस्या सताउन सक्छ। धार्मिक गतिविधिमा समय र धन खर्च हुनेछ। व्यवसायमा सकारात्मक परिवर्तन देखिनेछ। आर्थिक दृष्टिले दिन लाभदायक रहनेछ। पारिवारिक शान्ति कायम रहनेछ, तर आत्मविश्वासमा खट्किने अवस्था आउन सक्छ।
• मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) :
दिन भविष्यका लागि योजना बनाउने अनुकूल समय हो। नयाँ साथी बन्ने सम्भावना रहेको छ। आर्थिक लाभको अवसर प्राप्त हुनेछ। रमणीय स्थानको यात्रा हुने संकेत छ। धार्मिक कार्यमा रुचि बढ्नेछ। आध्यात्मिक ज्ञानमा प्रगति हुनेछ। तर, आर्थिक लेनदेन गर्दा सावधानी आवश्यक छ।
• कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) :
स्वास्थ्य र मनोबलमा केही कमजोरीको अनुभव हुनेछ। क्रोध नियन्त्रण गर्न सके फाइदा हुनेछ। व्यापारिक क्षेत्रमा सकारात्मक परिणाम प्राप्त हुनेछ। प्रतिस्पर्धीहरू पराजित हुनेछन्। पारिवारिक सम्बन्ध सुमधुर रहनेछन्। तर, मनोबल उच्च राख्नका लागि सकारात्मक सोच आवश्यक छ।
• सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) :
दैनिक कार्यभारमा वृद्धि हुनेछ। शारीरिक र मानसिक थकान अनुभूति हुन सक्छ। यद्यपि बौद्धिक कामहरूमा सफलता मिल्ने सम्भावना छ। बिरामी व्यक्तिको स्वास्थ्यमा सुधार आउनेछ। साथीभाइसँगको भेटघाटले मन प्रफुल्लित हुनेछ। रमाइलो यात्रा हुने योग बनेको छ।
• कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) :
गम्भीर सोचविचारले महत्त्वपूर्ण कार्य सम्पन्न हुनेछन्। बोली र व्यवहारमा संयमता आवश्यक छ। स्वास्थ्यप्रति सावधानी अपनाउनु राम्रो हुन्छ। छोटो तर आनन्ददायक यात्रा सम्भव छ। धार्मिक र सांस्कृतिक कार्यक्रममा सहभागिता मिल्नेछ। वैवाहिक जीवनमा सन्तोषजनक स्थिति रहनेछ।
• तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) :
सामाजिक कार्य र जनसेवामा मन जानेछ। प्रियजनसँगको भेटले उत्साह बढ्नेछ। वैवाहिक जीवनमा मिठास देखिनेछ। बोलीबाट अरूलाई प्रभावित गर्न सकिनेछ। यात्रामा ननिस्किए राम्रो हुनेछ। पढाइ र शिक्षामा राम्रो प्रगति सम्भव छ।
• वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) :
व्यापारमा अनुकूलता रहनेछ। दैनिक कार्यमा केही ढिलासुस्ती देखिन सक्छ। घरमा सुखद वातावरण रहनेछ। सामाजिक क्षेत्रमा प्रतिष्ठा बढ्नेछ। यातायात तथा सवारी सुख प्राप्त हुने छ। समग्रमा दिन राम्रो बित्नेछ।
• धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) :
शारीरिक र मानसिक थकान महसुस हुनेछ। लक्ष प्राप्तिका लागि अतिरिक्त मिहिनेत आवश्यक पर्न सक्छ। धार्मिकतर्फ झुकाव बढ्नेछ। आर्थिक योजनाहरू सफलतापूर्वक पूरा हुनेछन्। प्रतिष्ठा र सम्मानमा वृद्धि हुनेछ।
• मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) :
स्वास्थ्यमा कमजोरी आउन सक्छ। घरायसी साना समस्यामा अल्झिने समय छ। सन्तानको सन्दर्भमा निराशा हुन सक्छ। सरकारी काममा अपेक्षित सफलता नपाइने सम्भावना छ। यद्यपि केही कार्यमा सफलता मिल्नेछ। रमाइलो छोटो यात्रा हुने सम्भावना छ। धार्मिक कार्यमा संलग्नता बढ्नेछ।
• कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) :
नयाँ काममा परिवारको सहयोग प्राप्त हुनेछ। साहित्यिक लेखन र सृजनात्मक कार्यमा मन लाग्नेछ। बोलीको असर नकारात्मक नहोस् भनी विशेष ध्यान दिनु आवश्यक छ। पैतृक सम्पत्तिबाट लाभ प्राप्त हुन सक्छ। धार्मिक विश्वासमा गहिरो झुकाव हुनेछ।
• मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) :
अप्रयोजन क्षेत्रतर्फ धन खर्च हुन सक्छ। ससाना विवादमा अल्झिने सम्भावना छ। आर्थिक योजना बनाउने उचित समय हो। आत्मबलमा कमी भएर निर्णयमा ढिलाइ हुन सक्छ। प्रतिस्पर्धात्मक क्षेत्रमा सफलता प्राप्त हुनेछ। आफन्तहरूको सल्लाह लिएर अघि बढ्दा राम्रो हुनेछ।