असार २९ गतेको राशिफल : आइतबारको दिन १२ राशिलाई शुभ – अशुभ कस्तो रहला ?

असार २९ गतेको पञ्चाङ्ग
दिन : आइतवार
तिथि : तृतीया, ०१:०२ बजेपछि चतुर्थी
नक्षत्र : श्रवण, ०७:४७ बजेपछि धनिष्ठा
योग : प्रीति, १९:३६ बजेपछि आयुष्मान्
करण : वणिज, १३:३० बजेपछि भद्रा, ०१:०२ बजेउप्रान्त वव

मेष (Aries) – चु, चे, चो, ला, लि, लु, ले, लो, अ :
दिन तपाईंको लागि शारीरिक र मानसिक सन्तुलन राम्रो रहनेछ। कामप्रति लगनशीलता बढ्नेछ र जिम्मेवारी निभाउने अवसर आउँछ। कार्यक्षेत्रमा कुशल प्रदर्शन गर्न सकिनेछ, जसले गर्दा अरूको नजरमा तपाईंको प्रभाव बढ्नेछ। अवसरहरूको सदुपयोग गर्न सकिने समय हो, जसले आय वृद्धि र समृद्धिको संकेत गर्छ। विशेषगरी लक्ष्मीको कृपा रहने भएकाले आर्थिक क्षेत्र समृद्ध बन्नेछ। परिवारबाट पनि सहयोग प्राप्त हुनेछ र आत्मबल बलियो रहनेछ।

वृष (Taurus) – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो :
आर्थिक गतिविधिहरूमा सक्रिय रहनु पर्ने दिन हो। व्यापारमा सुधार आउनेछ र लाभदायक सम्झौता गर्न सकिनेछ। नयाँ अवसरहरूको पहिचान गरी तिनको उचित उपयोग गर्न सक्नु हुनेछ। धन प्रवाहमा सहजता आउनाले आत्मविश्वास बढ्नेछ। शारीरिक तथा मानसिक रुपमा पनि ऊर्जा अनुभूति हुनेछ। काम गर्ने जोश उच्च रहनेछ। पारिवारिक वातावरणसमेत सन्तुलित देखिन्छ।

मिथुन (Gemini) – का, कि, कु, घ, ङ, छ, के, को, ह :
दिनको शुरुवातमा ध्यान चञ्चल हुन सक्छ, त्यसैले आफ्नो ध्यान दिनचर्यामै केन्द्रित गर्नुहोस। आर्थिक कुरामा धैर्य आवश्यक छ, नत्र अनावश्यक खर्चले तनाव बढाउन सक्छ। कार्ययात्रा वा यात्राका क्रममा विशेष सतर्कता अपनाउनु राम्रो हुन्छ। अवस्था कठिन भए तापनि अन्तिममा लाभ उठाउने सम्भावना बलियो छ। नयाँ प्रस्तावहरू सोच विचार गरेर मात्र स्वीकृत गर्नुहोस। व्यावसायिकता कायम राख्न सकेमा लाभदायक बन्नेछ।

कर्कट (Cancer) – हि, हु, हे, हो, डा, डि, डु, डे, डो :
अचानक धन प्राप्तिको योग बनेको छ, जसले तपाईंको मन प्रफुल्ल बनाउनेछ। व्यापारमा नयाँ सम्भावना देखिनेछ र तपाईंका प्रयासहरू सफल हुनेछन्। इच्छा अनुरूप काम सम्पन्न हुने संकेत छन्। आम्दानीको स्रोतमा विविधता आउन सक्छ। सन्तानतर्फबाट खुसीको खबर सुन्न पाइनेछ। अचल सम्पत्तिमा लाभ मिल्ने सम्भावना छ। आत्मबल र पारिवारिक सम्बन्ध प्रगाढ बन्नेछन्।

सिंह (Leo) – मा, मि, मु, मे, मो, टा, टि, टु, टे :
योजनामा ढिलाइ भए पनि सफलता हात लाग्नेछ। सामाजिक सेवामा सक्रिय रहन सकिनेछ र त्यसले तपाईंलाई सन्तुष्टि दिनेछ। पितासँग हल्का मतभेदको संकेत छ, त्यसैले संवादमा सतर्कता अपनाउनु राम्रो हुन्छ। नयाँ योजनाहरू बनाउन अनुकूल समय रहेको छ, अब विलम्ब नगरी कार्यान्वयनमा ल्याउनु उपयुक्त हुनेछ। सहयोगीहरूसँग समन्वय राम्रो रहनेछ। प्रयास अनुसार फल मिल्नेछ।

कन्या (Virgo) – टो, प, पि, पु, ष, ण, ठ, पे, पो :
थकानको अनुभूति भए पनि तपाईं आफ्नो लक्ष्यप्रति दृढ हुनुहुनेछ। काममा लगनशीलता देखिनेछ र त्यसले तपाईंको छवि अझै सबल बनाउनेछ। वरिपरिका मानिसहरूले तपाईंको योगदानको कदर गर्नेछन्। सन्तानसँग सामान्य मनमुटाव हुनसक्छ, त्यसैले संवादमा धैर्य अपनाउनुहोस्। आकस्मिक लाभको सम्भावना देखिन्छ। महत्वाकांक्षी योजनाहरू अघि बढाउन उपयुक्त समय हो।

तुला (Libra) – र, रि, रु, रे, रो, ता, ति, तु, ते :
स्वास्थ्यमा सामान्य कमजोरी हुन सक्ने भएकाले विशेष ध्यान दिनुहोस्। साझेदारी र सहकार्यका अवसर आउन सक्छन्, तर क्रोधमा नियन्त्रण नगरे विचारमा मतभेद उत्पन्न हुन सक्छ। सीप र अनुभवको उपयोगले आर्थिक क्षेत्रमा प्रगति देखिन्छ। समय व्यवस्थापन राम्रो बनाएर काम गर्न सकेमा लक्ष्य नजिकै आउन सक्छ। आत्मविश्वासमा बृद्धि हुनेछ।

वृश्चिक (Scorpio) – तो, ना, नि, नु, ने, नो, या, यि, यु :
व्यापार व्यवसायमा आशाजनक प्रगति देखिन्छ। पारिवारिक सम्बन्धमा बजेटले असर पार्न सक्छ, त्यसैले खर्चमा विवेक अपनाउनुहोस्। दीर्घकालीन योजनाहरूमा ध्यान केन्द्रित गर्नु उपयुक्त छ। कार्यक्षमता बढ्नेछ, जसले नयाँ अवसरहरू सिर्जना गर्नेछ। अविवाहितका लागि विवाहको कुरा अगाडि बढ्न सक्ने समय हो। आत्मबल उच्च रहनेछ।

धनु (Sagittarius) – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे :
दिन तपाईंका लागि अत्यन्त शुभ रहनेछ, विशेषतः आर्थिक र व्यवसायिक योजना बनाउन उत्तम समय हो। उद्योग तथा व्यापारमा गरिएको प्रयास सफल हुनेछन्। आयका स्रोत विस्तार हुनेछन् र बचत गर्न सकिने अवस्था आउनेछ। बहुमूल्य सामान प्राप्त गर्ने सम्भावना छ। सामाजिक र पारिवारिक प्रतिष्ठा बढ्नेछ। मन प्रशन्न रहनेछ।

मकर (Capricorn) – भो, ज, जि, खि, खु, खे, खो, गा, गि :
व्यापारमा प्रगति देखिनेछ, विशेषगरी प्रशासन र व्यवस्थापन क्षेत्रसँग सम्बन्धित कार्यमा सफलता मिल्नेछ। प्रतिष्ठित व्यक्तिहरूसँग सम्पर्क बढ्नेछ, जसले भविष्यका लागि लाभदायक सहयोग दिन सक्छ। लेखन, वाचन वा साहित्यतर्फ रुचि बढ्न सक्छ। सत्रुहरू सक्रिय हुन सक्छन्, त्यसैले विवेकपूर्वक अघि बढ्नुहोस। नयाँ योजनामा आत्मबलका साथ अघि बढ्दा परिणाम राम्रो हुनेछ।

कुम्भ (Aquarius) – गु, गे, गो, सा, सि, सु, से, सो, द :
मिश्रित फल दिनेछ। आयका साथसाथै खर्च पनि बढ्ने संकेत छ। विवादको विषयमा सजग रहनु पर्ने समय हो। विदेशी सम्पर्क वा टाढाका ठाउँबाट कामको गति देखिन सक्छ। लेखन, रचनात्मक काममा रुचि जाग्नेछ। सत्रुहरू क्रियाशील हुन सक्छन्, त्यसैले सतर्क रहनुहोस। सामाजिक र पेशागत जीवनमा सन्तुलन आवश्यक छ।

मीन (Pisces) – दि, दु, थ, झ, ञ, दे, दो, च, चि :
दिन सुखमय र शान्तिपूर्ण रहनेछ। लगनशील प्रयासहरूले गति लिनेछन्। व्यवसायिक क्षेत्रमा उन्नति देखिनेछ र समाजमा सम्मान प्राप्त हुनेछ। वैवाहिक सम्बन्धमा मिठास बढ्नेछ, पति-पत्नीबीच आत्मीयता गहिरिनेछ। सामाजिक क्षेत्रबाट मान सम्मान प्राप्त हुनसक्छ। पारिवारिक वातावरण सन्तोषजनक रहनेछ।

प्रकाशित : शनिबार, असार २८, २०८२२०:५९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

गुरुको नक्षत्र गोचरले अचानक पल्टिनेछ यी ५ राशिका भाग्य, हुनेछ अपार धन लाभ