असार १७ गतेको पञ्चाङ्ग
दिन : मंगलवार
तिथि : षष्ठी, १२:२८ बजेपछि सप्तमी
नक्षत्र : पूर्वफाल्गुनी, ११:३९ बजेपछि उत्तरफाल्गुनी
योग : व्यतीपात, २०:२६ बजेपछि वरियान्
करण : तैतिल, १२:२८ बजेपछि गर, २४:५५ बजेउप्रान्त वणिज
मेष (Aries) – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
व्यापारमा लाभ हुने देखिन्छ। रमाइलो लामो दूरीको यात्रा हुन सक्छ। घरमा शुभकार्यको सम्भावना छ। आर्थिक लेनदेनमा फाइदा हुनेछ। तर, पत्नीको स्वास्थ्यले केही चिन्ता दिन सक्छ। आमाबाट सहायता वा लाभ प्राप्त हुनेछ।
वृष (Taurus) – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
समय केही चुनौतीपूर्ण रहने संकेत छ। व्यापारमा झन्झट आउन सक्छ र अल्छीपना बढ्नेछ। स्वास्थ्यप्रति सावधानी अपनाउनु होला। प्रतिस्पर्धीसँग मतभेद हुन सक्छ र शत्रु सक्रिय हुन सक्छन्। यद्यपि घरको वातावरण रमणीय रहनेछ।
मिथुन (Gemini) – का, कि, कु, घ, ङ, छ, के, को, ह
खानपानमा विशेष ध्यान दिनुहोस्। सवारी साधन चलाउँदा सतर्क रहनुहोस्, विवादमा फस्न सकिने सम्भावना छ। खर्च आकस्मिक रूपमा बढ्न सक्छ। लामो दूरीको यात्रा र धार्मिक स्थलको भ्रमण हुने सम्भावना छ। दिनको अन्त्यसम्म मन प्रफुल्ल रहनेछ।
कर्कट (Cancer) – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
स्वादिलो भोजनको आनन्द पाइनेछ। आफन्त वा साथीबाट नयाँ लुगा वा उपहार प्राप्त हुने सम्भावना छ। आर्थिक स्थिति बलियो बन्नेछ। कामकाजी जीवनमा अनुकूल समय हुनेछ, तर नयाँ योजना सुरु नगर्नु उपयुक्त हुन्छ। आकस्मिक खर्च बढ्न सक्छ।
सिंह (Leo) – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
व्यापार विस्तारको लागि समय राम्रो छ। धन सहि ठाउँमा खर्च हुनेछ र आर्थिक लाभ हुने देखिन्छ। तर, सहकर्मीसँग विवाद हुनसक्छ, त्यसैले क्रोध नियन्त्रणमा राख्नु जरूरी छ। नयाँ काम सुरु गर्न दिन उपयुक्त छैन।
कन्या (Virgo) – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
दिन सुखद र शान्तिपूर्ण रहनेछ। नयाँ लुगा किनिने योग छ। कलात्मक क्षेत्रमा रुचि बढ्नेछ। व्यापारका लागि दिन निकै फलदायी देखिन्छ। आर्थिक कारोबार सहज हुनेछ र घरमा शान्तिपूर्ण वातावरण रहनेछ। स्वास्थ्य राम्रो रहनेछ।
तुला (Libra) – र, रि, रु, रे, रो, ता, ति, तु, ते
मध्यम फल दिनेछ। शारीरिक र मानसिक थकान महसुस हुन सक्छ। घरमा केही कलहको स्थिति बन्न सक्छ। व्यापारमा मानहानिको सम्भावना छ। यद्यपि, मध्यान्हपछि स्वास्थ्यमा सुधार आउनेछ।
वृश्चिक (Scorpio) – तो, ना, नि, नु, ने, नो, या, यि, यु
दाम्पत्य जीवनमा आएको समस्याको समाधान हुने सम्भावना छ। व्यवसायका दृष्टिले समय अनुकूल छ। आफन्त र साथीहरूसँग सम्बन्ध सुमधुर बन्नेछ। प्रतिस्पर्धी परास्त हुनेछन् र स्वास्थ्यमा सुधार देखिनेछ।
धनु (Sagittarius) – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
आफन्तको कारण मन दुख्न सक्छ। तर स्वास्थ्य राम्रो रहनेछ। आर्थिक लाभ प्राप्त हुनेछ। कुनै पार्टी वा समारोहमा सहभागी हुने मौका मिल्नेछ। स्वादिलो भोजनको आनन्द लिनुहुनेछ। नयाँ साथी बन्नेछन् र बाबुबाट सुखद समाचार प्राप्त हुन सक्छ।
मकर (Capricorn) – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
धार्मिक कार्यप्रति रुचि बढ्नेछ। व्यापारमा अनुकूलता रहनेछ। दैनिक कार्य सहज र सरल बन्नेछ। दिन रमाइलो र सन्तोषजनक रहनेछ। तर, दिउँसोपछि आर्थिक लेनदेन नगर्नु उचित हुन्छ। सहकर्मीको साथ र सहयोग प्राप्त हुनेछ।
कुम्भ (Aquarius) – गु, गे, गो, सा, सि, सु, से, सो, द
धार्मिक तथा सामाजिक कार्यमा खर्च हुने देखिन्छ। आफन्तसँग विवाद हुनसक्छ, त्यसैले संयम राख्नुहोस्। सानो चोटपटकको सम्भावना पनि रहेकाले सतर्क रहनुहोस्। मध्यान्हपछि अड्किएका कामहरू पुरा हुनेछन्। कार्यक्षेत्रमा सहजता रहनेछ र उच्च अधिकारीको सहयोग प्राप्त हुनेछ।
मीन (Pisces) – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
दैनिक कार्यहरू सहज ढंगले सम्पन्न हुनेछन्। दिन सुखद हुनेछ। दाम्पत्य जीवनमा सुलह हुने सम्भावना छ। यद्यपि, सामाजिक प्रतिष्ठामा क्षति हुन सक्ने देखिन्छ। रमाइलो यात्रा हुनसक्छ। आर्थिक लेनदेन लाभदायक हुनेछ र घरमा शुभकार्यको सम्भावना छ।