काठमाडौँ : इस्वी सम्बतको जुलाई महिना सुरुवात भएको छ। ग्रह-नक्षत्रको चाल अनुसार जुलाई महिना सबै राशिका लागि धेरै खास रहने वाला छ। ज्योतिषीय दृष्टिकोणले यो महिना केही राशिहरुका लागि धेरै लाभदायी छ। त्यस्तै राशिका जातकले यो महिनामा चुनौति र सङ्कट भोग्नुपर्नेछ। केही राशिले यो महिनामा मिश्रित फल प्राप्त गर्नेछन्। सबै राशिको मासिक राशिफल हेर्नुहोस्।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
यो महिना आत्मविश्वास र सकारात्मकताले भरिएको हुनेछ। कामकाजी क्षेत्रमा नयाँ अवसर देखिन सक्छ। सरकारी वा कानुनी काममा सफलता मिल्नेछ। प्रेम सम्बन्धमा मिठास आउनेछ, यद्यपि कहिलेकाहीँ शंका बढ्न सक्छ। स्वास्थ्यमा सामान्य कमजोरी देखिए पनि दीर्घ रोगमा सुधार आउने संकेत छन्। आर्थिक पक्ष सुदृढ बन्नेछ। परिवारमा नयाँ सदस्यको आगमनको सम्भावना पनि रहन्छ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
जुलाईमा धैर्यपूर्वक काम गर्नुपर्ने अवस्था आउनेछ। साथीभाइको साथ र सल्लाहले तपाईंलाई सही दिशा देखाउनेछ। व्यापारिक दृष्टिले फाइदाजनक समय हो। पुरानो सम्पत्ति सम्बन्धी विवाद सुल्झिन सक्छ। प्रेममा गलतफहमीले खल्बल्याउन सक्छ, संवादमा स्पष्टता आवश्यक छ। स्वास्थ्यका मामिलामा सजग रहनुहोस्, विशेष गरी पाचनतन्त्रप्रति। खर्च बढ्न सक्छ, तसर्थ वित्त व्यवस्थापनमा ध्यान दिनुहोस्।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
सम्भावनाले भरिएको महिना हो। नयाँ योजना बनाउने र कार्यान्वयन गर्ने राम्रो समय। पारिवारिक सल्लाह अनुसार चलेमा सफलता मिल्नेछ। प्रेम जीवनमा केही उकालो ओरालो देखिए पनि अन्ततः सन्तुलन कायम हुनेछ। स्वास्थ्य सामान्य रहनेछ, यद्यपि निद्रामा समस्या देखिन सक्छ। आर्थिक लाभका नयाँ स्रोत खुल्न सक्छन्। वैदेशिक यात्रा वा अध्ययनको तयारीमा जुट्न सकिने समय हो।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
जुलाईमा तपाईंलाई सन्तुलन र सहनशीलताको परीक्षा लिइनेछ। पारिवारिक जिम्मेवारी बढ्न सक्छ। कार्यक्षेत्रमा चुनौतीका साथसाथै सफलता पनि मिल्नेछ। प्रेम जीवनमा असमझदारी हुन सक्छ, तर संवादद्वारा सुधार सम्भव छ। स्वास्थ्यमा पुराना समस्या दोहोरिन सक्छन्, खानपानमा विशेष ध्यान दिनुहोस्। खर्चमा वृद्धि देखिन्छ, फजुल खर्च टार्नु बेस हुन्छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
यो महिना तपाईको व्यक्तित्व झल्किने समय हो। नेतृत्वको क्षमता देखिनेछ, जुन कार्यस्थलमा फाइदाजनक हुनेछ। आत्मबल बढ्नेछ। प्रेम जीवनमा प्रगाढता आउनेछ, एक्लोपन हट्नेछ। स्वास्थ्य राम्रो रहनेछ, ऊर्जा भरिएको महसुस हुनेछ। दीर्घकालीन लगानीमा ध्यान दिनु राम्रो हुनेछ। पारिवारिक वातावरण पनि रमाइलो रहनेछ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
जुलाईमा तपाईंलाई आत्मचिन्तन र सुधारको अवसर मिल्नेछ। पुराना गल्तीहरू सुधार्ने र नयाँ सुरुवात गर्ने समय हो। प्रेममा संयमता आवश्यक छ। मानसिक तनाव आउन सक्छ, योग वा ध्यान लाभदायक हुनेछ। आर्थिक पक्षमा मितव्ययिता आवश्यक छ। काममा ढिलाइ भए पनि अन्त्यमा सफलता पक्कै मिल्नेछ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
सकारात्मक सोचका साथ अघि बढ्नुपर्ने समय हो। सामाजिक र पारिवारिक सम्बन्ध सुधारिनेछ। प्रेममा सहजता रहनेछ, नयाँ सम्बन्ध सुरु हुने सम्भावना पनि छ। स्वास्थ्यमा अल्छीपन र थकान देखिन सक्छ। नयाँ स्रोतबाट आय हुने सम्भावना छ, यद्यपि खर्च पनि सँगसँगै बढ्न सक्छ। वैदेशिक कामकाजका लागि प्रयास गर्नु लाभदायक हुनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
सशक्त र साहसी बनाउने समय हो। निर्णय क्षमता राम्रो रहनेछ। काममा दवाव रहला तर तपाईंले राम्रोसँग सामना गर्नुहुनेछ। प्रेममा बौद्धिकता बढी रहनेछ, भावना भन्दा तर्क हावी हुने समय हो। स्वास्थ्यमा कम्मर वा पेटसम्बन्धी समस्या देखिन सक्छ। आर्थिक पक्ष सन्तुलित रहनेछ। परिवारको साथ सहयोग मिल्नेछ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढ, भे)
धेरै कुरामा सन्तुलन मिलाउनुपर्ने समय हो। करियरमा परिवर्तनको संकेत देखिन्छ, नयाँ अवसरको खोजी गर्नु उत्तम। प्रेम जीवनमा स्वतन्त्रता र भरोसा आवश्यक छ। स्वास्थ्यमा सामान्य रुघाखोकीले सताउन सक्छ। विदेशसँग सम्बन्धित काम बन्ने सम्भावना छ। खर्च अनियन्त्रित भएमा पछि समस्या आउन सक्छ, सतर्क रहनुहोस्।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
अत्यन्त व्यस्तता रहने समय हो। तर तपाईंको परिश्रमले चाँडै फल दिनेछ। प्रेममा सुधार हुनेछ, पुरानो टुटेको सम्बन्ध पनि जुर्न सक्छ। स्वास्थ्य सामान्य रहनेछ, यद्यपि निद्रा कम आउन सक्छ। दीर्घकालीन योजना बनाउने समय उत्तम छ। आर्थिक पक्ष बलियो बन्नेछ। परिवारमा आपसी समझदारी बढ्नेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
जुलाईमा नयाँ सोच र योजनाको विकास हुनेछ। सामाजिक तथा बौद्धिक गतिविधिमा संलग्नता बढ्नेछ। प्रेम जीवनमा उत्साह र नयाँपन आउन सक्छ। काममा सराहना र पुरस्कार प्राप्त हुने सम्भावना छ। स्वास्थ्य राम्रो रहनेछ। आय–व्यय सन्तुलन मिल्नेछ। नयाँ साथी वा सहयात्री भेटिन सक्छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
सम्बन्ध, भावना र आत्मविश्लेषणको समय हो। प्रेम जीवनमा मिठास आउनेछ, तर पुराना कुराहरू बिर्सन सक्नु पर्नेछ। स्वास्थ्यमा संवेदनशीलता बढ्न सक्छ, ध्यान आवश्यक छ। काममा धैर्यको साथ अघि बढ्दा राम्रो परिणाम मिल्नेछ। वित्तीय रूपमा सावधानी अपनाउनु राम्रो हुन्छ। पारिवारिक सम्बन्ध बलियो बन्नेछन्।