असार ९ गतेको राशिफल : सोमबारको दिन १२ राशिलाई शुभ – अशुभ कस्तो रहला ?

असार ९ गतेको पञ्चाङ्ग तथा राशिफल :
दिन : सोमवार
तिथि : त्रयोदशी, २०:४५ बजेपछि चतुर्दशी
नक्षत्र : कृत्तिका, १४:१७ बजेपछि रोहिणी
योग : धृति, १२:५० बजेपछि शूल
करण : गर, ०९:५६ बजेपछि वणिज, २०:४५ बजेउप्रान्त भद्रा

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
दिन दाम्पत्य जीवन सुखद रहनेछ र साथीभाइसँग घुमफिरको अवसर पनि मिल्नेछ। आयात-निर्यातसम्बन्धी व्यवसायमा लाभ प्राप्त हुनेछ। गुमेको वस्तु फेला पर्ने सम्भावना छ। प्रिय व्यक्तिसँग प्रेमिल क्षण बाँड्न सक्नुहुनेछ। अनावश्यक विवाद वा बहसबाट टाढा रहनु श्रेयस्कर हुनेछ।

वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
दिन शुभ संकेतले भरिएको देखिन्छ। तपाईंले पुराना अधुरा काम पूरा गर्न सक्नुहुनेछ। शारीरिक र मानसिक रूपमा स्फूर्तिवान महसुस गर्नुहुनेछ। आर्थिक लाभ प्राप्त हुनेछ भने सहकर्मीहरूको राम्रो साथ र सहयोग पनि मिल्नेछ। आत्मविश्वास बढ्नेछ।

मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
सन्तान वा जीवनसाथीको स्वास्थ्यले चिन्तित तुल्याउन सक्छ। कुनै पनि वादविवादमा गहिरो रूपमा नजाने राम्रो हुन्छ। आत्मसम्मानमा आघात लाग्न सक्ने संकेत छन्, र मित्रता वा सम्बन्धमा खर्च हुन सक्छ। पेटसम्बन्धी समस्या देखिन सक्छ। यद्यपि, नयाँ कामको सुरुवात र छोटो यात्रा सफल बन्न सक्छ।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
दिन शारीरिक र मानसिक रूपमा केही असहजता देखिन सक्छ। छातीसम्बन्धी पीडा वा कुनै व्यक्तिसँगको झगडाले मन अशान्त बन्न सक्छ। सार्वजनिक रूपमा अपमानित हुने स्थिति आउन सक्छ। समयमै खाना नपाइने वा अनिन्द्राको समस्या हुनसक्छ। संयमित रहनुहोस्।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
घरमा दाजुभाइ वा दिदीबहिनीसँग मिलेर विशेष कार्य आयोजना हुनसक्छ। आफन्त वा साथीसँग रमाइलो यात्रा हुनसक्छ। प्रियजनसँगको भेटले हर्ष ल्याउनेछ। अचानक भाग्यले साथ दिनेछ। नयाँ काम सुरु गर्न मन प्रशन्न र एकाग्र राख्नुहोस्।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
परिवारमा सुखद वातावरण रहनेछ। तपाईंको मधुर व्यवहार र न्यायप्रियता सामाजिक रूपमा सम्मानित बनाउनेछ। आर्थिक रूपमा लाभ हुनेछ। विद्यार्थीहरूका लागि पढाइमा सफलता मिल्नेछ। अनैतिक आकर्षण वा कामबाट टाढा रहनु राम्रो हुन्छ।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
तपाईंको कला र सृजनशीलता उजागर हुने दिन हो। आत्मविश्वास र उत्साह बढ्नेछ। मनोरञ्जनात्मक गतिविधिमा सहभागिता बढ्नेछ। साथीभाइ वा परिवारसँग रमाइलो समय बिताउनुहुनेछ। प्रिय व्यक्तिसँग भेट र काममा सफलता मिल्ने संकेत देखिन्छ।

वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
शारीरिक पीडा र मानसिक तनावले दिन असजिलो हुनसक्छ। सवारी चलाउँदा वा हिँडडुल गर्दा सर्तक रहनुहोस्। सर्जरी वा अस्पतालजस्तो विषय देखिन सक्छ। कुरा गर्दा नकरात्मक प्रभाव नपरोस् भनेर सचेत रहनुहोस्। स्वभावमा कठोरता आउन सक्छ, त्यसैले धैर्य राख्नुहोस्।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
दिन सबै हिसाबले लाभदायी रहनेछ। घरपरिवारमा खुसी र समृद्धि रहनेछ। प्रेम सम्बन्ध अझ सुदृढ हुनेछ। सन्तान र जीवनसाथीबाट लाभ मिल्नेछ। आयमा वृद्धिका साथै व्यापारमा फाइदा हुने देखिन्छ। रमणीय स्थलमा भ्रमणको सम्भावना पनि छ।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
थोरै संघर्षसहितको दिन रहनेछ। व्यापारमा केही निराशा देखिन सक्छ तर उच्च अधिकारीसँगको सम्बन्ध राम्रो रहनेछ। सन्तानको पढाइ सन्तोषजनक रहनेछ। यात्रा हुनसक्छ। धन तथा प्रतिष्ठा प्राप्तिको योग छ, धैर्य आवश्यक छ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
मिश्रित फल दिने दिन हुनेछ। काम गर्ने उत्साह रहला तर सन्तानको चिन्ताले व्याकुल बनाउनेछ। अनावश्यक खर्चमा संयम गर्नुहोस्। भ्रमणको अवसर आउन सक्छ। उच्च पदस्थ व्यक्तिसँगको व्यवहारमा सतर्कता आवश्यक छ। विदेशबाट केही खबर प्राप्त हुन सक्छ।

मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
दिन मध्यम खालको रहनेछ। अधिक परिश्रम आवश्यक पर्ने काम अहिले स्थगित गर्नु उपयुक्त हुन्छ। मानसिक तथा शारीरिक थकान हुनसक्छ। आकस्मिक रुपमा धन प्राप्तिको सम्भावना छ। स्वास्थ्यमा विशेष ध्यान पुर्याउनुहोस्। खर्चमा नियन्त्रण राख्नु हितकर हुनेछ।

प्रकाशित : आइतबार, असार ०८, २०८२२१:३२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

असार १० गतेको राशिफल : मङ्गलबारको दिन १२ राशिलाई शुभ – अशुभ कस्तो रहला ?