असार १० गतेको राशिफल : मङ्गलबारको दिन १२ राशिलाई शुभ – अशुभ कस्तो रहला ?

असार १० गतेको पञ्चाङ्ग तथा राशिफल
दिन : मंगलवार
तिथि : चतुर्दशी, १८:३० बजेपछि औंसी
नक्षत्र : रोहिणी, १२:४७ बजेपछि मृगशिरा
योग : शूल, ०९:५४ बजेपछि गण्ड
करण : भद्रा, ०७:३६ बजेपछि शकुनि, १८:३० बजेउप्रान्त चतुष्पद

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries):
दिन शान्तिपूर्ण र समाधानमुखी रहनेछ। लेखक तथा कलाकारहरूका लागि समय निकै अनुकूल छ। प्रेम सम्बन्धमा प्रगाढता देखिनेछ तर केही विषयले चिन्ता बढ्न सक्छ। उत्साहमा केही कमी महसुस हुन सक्छ। साथीहरूसँग यात्रा गर्ने अवसर मिल्ने सम्भावना छ।

वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus):
महत्त्वपूर्ण कार्यहरू पुरा गर्न दिन विशेष शुभ छ। धन लाभ हुने संकेत छ र तपाईं ऊर्जाशील महसुस गर्नुहुनेछ। पारिवारिक वातावरण सुखद रहनेछ। दिनको पहिलो भागमै नयाँ कार्य सफलतापूर्वक सम्पन्न हुनेछ।

मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini):
पारिवारिक मामिलामा मतभेद हुन सक्छ। शारीरिक कमजोरी र मानसिक अशान्ति अनुभव हुने सम्भावना छ। सुरु गरेका काम अपूरा रहन सक्छन्, तर घरको वातावरण मिलनसार रहनेछ। केही रकम मनोरञ्जनमा खर्च हुन सक्छ।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer):
व्यापारमा लाभको सम्भावना देखिन्छ। रमणीय स्थलमा भ्रमणको अवसर मिल्न सक्छ। यद्यपि मध्यान्हपछि स्वास्थ्यमा केही समस्या देखिन सक्छ, विशेष गरी आँखासम्बन्धी। पारिवारिक खर्चमा वृद्धि हुन सक्छ।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo):
नयाँ योजनाहरू बनाउने राम्रो समय छ। बाँकी रहेका कामहरू पूर्ण हुनेछन्। आफन्तबाट उपहार प्राप्त हुने सम्भावना छ। परिवार तथा मित्रहरूसँग रमाइलो क्षण बित्नेछ। छोटो तर आनन्ददायी यात्रा हुनसक्छ। व्यापारिक क्षेत्रबाट पनि लाभ मिल्नेछ।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo):
व्यापार वा व्यवसायबाट आर्थिक लाभ हुने संकेत छ। लामो दूरीको यात्रा सम्भव छ। स्वास्थ्यप्रति विशेष ध्यान दिनुहोस्। टाढा रहेका आफन्तबाट सहायता प्राप्त हुनेछ। घरमा सन्तोष र शान्तिको माहोल रहनेछ। सम्मान प्राप्तिमा मन खुसी रहनेछ।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra):
थकान र कार्यभारका कारण मानसिक चञ्चलता अनुभव हुनसक्छ। यद्यपि, समयमै कामहरू सम्पन्न गर्नुहुनेछ। स्वास्थ्यप्रति सजग रहनु आवश्यक छ। यात्रामा सानो अवरोध आउन सक्छ। नयाँ कामको सुरुवातका लागि उत्साहजनक समय रहनेछ।

वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio):
शारीरिक र मानसिक रूपले ऊर्जा र प्रसन्नता कायम रहनेछ। खानपानमा ध्यान दिन आवश्यक छ, नत्र शारीरिक थकान महसुस हुनसक्छ। केही काम अधूरै रहने सम्भावना छ। यात्रामा पनि सानो विघ्न देखा पर्न सक्छ।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius):
दिन रमाइलो र उत्साहजनक रहनेछ। तपाईंका योजनाहरू सफलतापूर्वक सम्पन्न हुनेछन्। आर्थिक लाभको सम्भावना बलियो छ। दाम्पत्य जीवनमा स्नेह कायम रहनेछ। व्यापारमा समेत राम्रो फाइदा देखिन्छ।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn):
अत्यधिक परिश्रम गर्दा पनि अपेक्षाकृत कम फल मिल्न सक्छ। आफन्तहरूसँग सम्बन्ध सौहार्दपूर्ण रहनेछ। स्वास्थ्य राम्रो रहनेछ। मध्यान्हपछि अपूरा कामहरू पुरा हुनेछन्। बिरामी व्यक्तिको स्वास्थ्यमा सुधार आउनेछ। सानो आर्थिक लाभको सम्भावना पनि देखिन्छ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius):
विद्यार्थी, कलाकार तथा खेलकुदमा लागेकाहरूका लागि दिन सकारात्मक रहनेछ। पिता वा सरकारबाट लाभ प्राप्त हुन सक्छ। आत्मबल उच्च रहनेछ। पेटको समस्या देखिन सक्छ, तर पढाइमा मन लाग्नेछ। आर्थिक योजना बनाउन सक्षम रहनुहुनेछ।

मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces):
तपाईं काल्पनिक संसारमा हराउन सक्नुहुन्छ, तर तपाईंको रचनात्मकता राम्रो दिशामा अघि बढ्नेछ। परिवार र साथीहरूसँग समय रमाइलो बित्नेछ। आत्मविश्वास बढ्नेछ र दैनिक कामहरू सहजतापूर्वक पूरा हुनेछन्। विद्यार्थीहरूका लागि पढाइमा राम्रो प्रगति हुनेछ।

प्रकाशित : सोमबार, असार ०९, २०८२१९:५५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

शुक्र-गुरुले बनायो शुभ योग : यी ३ राशिलाई करियर-कारोबारमा अपार सफलतासँगै धनलाभको योग