सिरिज जित्न नेपाललाई स्कटल्याण्डले दियो चुनौतीपूर्ण लक्ष्य

ओपनर जर्ज मुन्सेको विस्फोटक अर्धशतकको मद्दतले स्कटल्यान्डले टी–२० त्रिकोणात्मक शृङ्खलाको अन्तिम खेलमा नेपाललाई १९४ रनको चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गरेको छ।

ग्लास्गोमा टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टोली स्कटल्यान्डले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १९३ रनको ठूलो योगफल तयार पारेको हो।

ओपनर मुन्सेले ३९ बलमा ५ चौका र ६ छक्का प्रहार गर्दै ७८ रनको आकर्षक इनिङ खेले। उनले दोस्रो विकेटका लागि ब्रान्डन म्याकमुलनसँग १०० रनको महत्त्वपूर्ण साझेदारी गरे, जुन साझेदारी कुशल भुर्तेलले १२.४ ओभरमा तोडे।

ब्रान्डनले ३० बलमा ४ चौका र १ छक्का प्रहार गर्दै ४२ रन जोडे। माइकल लीस्क २६ रन र म्याथ्यु क्रोस १७ रनमा अविजित रहे। अन्य ब्याटरले भने उल्लेखनीय योगदान दिन सकेनन्।

नेपालका लागि कुशल भुर्तेलले २ ओभरमा २० रन खर्चेर सबैभन्दा बढी २ विकेट लिए। यस्तै, रुपेश सिंह, ललितनारायण राजवंशी र सन्दीप लामिछानेले समानरूपमा १–१ विकेट हात पारे।

प्रकाशित : शुक्रबार, असार ०६, २०८२२१:२८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

नेपालको उत्कृष्ट लय कायम, दर्ता गर्यो लगातार दोस्रो जित