नेपालले टस जित्यो, प्लेइङ ११ मा ३ परिवर्तन

काठमाडौँ : अन्तर्राष्ट्रिय त्रिकोणत्मक टी–२० सिरिजको तेस्रो खेलमा आज नेपालले नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दैछ ।

यो खेलमा नेपालको कप्तान रोहित पौडेलले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेका छन्।

स्कटल्यान्डको टिटउट रङ्गशालामा साँझ ७:४५ बजेबाट सुरु हुने खेलमा नेपालले टस जितेर नेदरल्यान्ड्सलाई ब्याटिङको निम्तो दिएको हो।

नेपाल लगातार दोस्रो जित निकाल्ने लक्ष्यमा छ । यो खेल नेपाललाई नेदरल्यान्ड्सविरुद्ध पहिलो खेलमा हारेको बदला लिने मौका पनि हो ।

नेपाल टी–२० क्रिकेटको इतिहासमै पहिलो पटक तेस्रो सुपर ओभरमा पुगेको खेलमा नेदरल्यान्ड्ससँग दुई विकेटले पराजित भएको थियो । दोस्रो खेलमा भने नेपालले घरेलु टोली स्कटल्यान्डलाई दुई विकेटले पराजित गरेको थियो ।

नेदरल्यान्ड्स पनि तेस्रो जितको लक्ष्यमा रहेको छ । नेदरल्यान्ड्सले सिरिजको आफ्नो पहिलो खेलमा स्कटल्यान्ड र दोस्रो खेलमा नेपाललाई हराएको थियो ।

नेपाल र नेदरल्यान्ड्सबिच हालसम्म १४ वटा टी–२० खेल भइसकेको छ । जसमा नेपालले पाँच् र नेदरल्यान्ड्सले आठ खेल आफ्नो पक्षमा पारेको छ । एक खेल नतिजाविहिन सकिएको थियो ।

नेपालले सिरिजको अन्तिम खेलमा शुक्रबार स्कटल्यान्डसँग खेल्ने छ । डबल राउन्ड रोबिन लिगको आधारमा सञ्चालित सिरिजको शीर्ष टोली च्याम्पियन बन्ने छ ।

नेपालले प्लेइङ ११ मा ३ परिवर्तन गरेको छ। किरण ठगुन्ना, अनिल शाह र बसिर अहमदको ठाउँमा भिम शार्की, आसिफ शेख र आरिफ शेख छन्।

प्रकाशित : बिहिबार, असार ०५, २०८२१९:३८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

नेपाललाई प्रतिस्पर्धात्मक लक्ष्य, पहिलो खेलमा हारेको बदला लिने मौका