आज बढ्यो सुनचाँदीको भाउ

काठमाडौँ, जेठ २० गते : अन्तरराष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ ।

सोमबारको तुलनामा आज सुन तोलामा रु दुई हजार ९०० र चाँदी रु ५५ ले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मोल रु एक लाख ९२ हजार ७०० कायम भएको छ भने सोही परिमाणको चाँदीको मूल्य रु दुई हजार ४५ निर्धारण भएको छ ।

अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुनको मूल्य तीन हजार ३७६ डलर कायम भएको अन्तरराष्ट्रिय सञ्चारमाध्यमरूले जनाएका छन् ।

प्रकाशित : मङ्गलबार, जेठ २१, २०८२१३:००

आफ्नो मत ब्यक्त गर्नुहोस् :

जुम्लामा कुकुरले मृ*..त शिशुलाई मुखमा च्यापेर खेत हुँदै गाउँतिर ल्याएपछि खैलाबैला