८ महिनामै टुट्यो अभिनेत्री अरुणिमा लम्साल र युवराजको वैवाहिक सम्बन्ध

काठमाडौं — अभिनेत्री अरुणिमा लम्साल र कांग्रेस नेता युवराज श्रेष्ठबीच आठ महिनामै सम्बन्ध विच्छेद भएको पुष्टि भएको छ।

युवराजले टिकटक लाइभमा उल्लेख गरेअनुसार उनले बैशाख २८ गते, दिउँसो ४ बजेर १० मिनेटमा सुनसरी जिल्ला अदालतमा डिभोर्सका कागजातमा दस्तखत गरेको जानकारी दिए।

अरुणिमाले अमेरिकाबाट फर्केर बैशाखमै वारेसमार्फत मुद्दा दायर गरेकी थिइन्।

त्यति बेला युवराजले हस्ताक्षर गर्न नमान्ने चर्चा उठेको थियो।

युवराज श्रेष्ठ बराहक्षेत्र नगरपालिका–चतरा, सुनसरीका स्थानीय कांग्रेस नेता हुन् र अरुणिमाले बिहेमा धोका दिएको आरोप समेत लगाएकी छिन्।

प्रकाशित : शनिबार, जेठ ०४, २०८२१६:१९

आफ्नो मत ब्यक्त गर्नुहोस् :