कियाराको आकर्षक बिकिनी अवतारले मच्चायो तहल्का, हुन् थाल्यो नानाथरी टिकाटिप्पणी

बलिउड अभिनेत्री कियारा आडवाणी हालै सार्वजनिक भएको फिल्म ‘वार २’ को टिजरमा देखिएको उनको बोल्ड बिकिनी लुकका कारण चर्चामा छिन्।

टिजरमा कियारा समुद्र किनारमा सुनौलो बिकिनीमा आत्मविश्वासका साथ हिंडिरहेको दृश्यले इन्टरनेटमा तहल्का मच्चाएको छ। यो दृश्यले सामाजिक सञ्जालमा व्यापक प्रतिक्रिया प्राप्त गरेको छ, जहाँ प्रशंसकहरूले उनको फिगर र स्टाइलको प्रशंसा गरेका छन्। कियारा आफैंले यो उनको पहिलो बिकिनी शट भएको बताएकी छन्।

तर, टिजरमा देखिएको बिकिनी दृश्यबारे केही दर्शकहरूले सिजिआई प्रयोग गरिएको आशंका व्यक्त गरेका थिए। तर, कियाराको स्टाइलिस्ट अनाइता श्रफ अडजानियाले यी अफवाहहरूलाई खण्डन गर्दै, “त्यो आकर्षक शरीर सबै कियाराको नै हो,” भनेर स्पष्ट पारेकी छन्।

फिल्म ‘वार २’ मा कियारा ऋतिक रोशन र जूनियर एनटीआरसँग मुख्य भूमिकामा देखिनेछिन्। टिजरमा ऋतिक र जूनियर एनटीआरबीचको तीव्र टक्कर र कियाराको ग्ल्यामरस उपस्थिति देखाइएको छ। फिल्मको निर्देशन अयान मुखर्जीले गरेका छन् र यो १४ अगस्ट २०२५ मा प्रदर्शन हुने तय गरिएको छ।

टिजर सार्वजनिक भएपछि, निर्देशक राम गोपाल वर्माले कियाराको बिकिनी लुकबारे अश्लील टिप्पणी गरेका थिए, जसले सामाजिक सञ्जालमा आलोचना निम्त्यायो। विवाद बढेपछि उनले उक्त पोस्ट हटाएका छन्।

फिल्म ‘वार २’ यशराज फिल्म्सको स्पाई युनिभर्सको छैठौं श्रृंखला हो, जसमा उच्च स्तरको एक्सन, रोमान्स र ग्ल्यामरको मिश्रण देख्न सकिने अपेक्षा गरिएको छ। कियाराको बिकिनी लुकले फिल्मप्रति दर्शकहरूको उत्साह अझ बढाएको छ।

हेर्नुहोस् यहाँ टिजर : – 

प्रकाशित : बुधबार, जेठ ०८, २०८२२२:४९

आफ्नो मत ब्यक्त गर्नुहोस् :