एजेन्सी : भारत र पाकिस्तानबिचको बढ्दो सीमा तनावका कारण केही समय रोकिएका भारतीय प्रिमियर लिग (आईपीएल) का खेलहरू आज शनिबारदेखि फेरि सुरु हुँदैछन्।
दुई देशबीचको द्वन्द्वका कारण एक हप्ता अघि स्थगित गरिएका यी प्रतियोगिताहरू पुनः संचालनमा आउँदैछन्। शनिबार राति रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) र कोलकाता नाइट राइडर्सबीच रोमाञ्चक भिडन्त हुने छ।
१६ अंकसहित ११ खेल सम्पन्न गरी दोस्रो स्थानमा रहेको आरसीबीलाई शीर्ष स्थानमा रहेका गुजरात टाइटन्सले समान १६ अंकीय साथ चुनौती दिइरहेको छ। यसैबीच १२ खेलमा ११ अंक जोडेर कोलकाता छैटौँ स्थानमा छ।
संयोग कस्तो बनेको छ भने गत मार्च २२ बाट सुरु आइपिएलको यस सिजन रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) र कोलकाता नाइट राइडर्सबीचको खेलबाट भएको थियो भने आइपिएल पुन : सुचारु हुँदा पनि सोही दुई टिम भिड्दै छन्।