महिला टी–२० विश्वकप छनोट : भोलि नेपालले युएईसँग भिड्दै

थाइल्यान्डमा जारी आइसीसी महिला टी–२० विश्वकप एशिया छनोटको सुपर तीन चरणमा नेपालले सोमबार संयुक्त अरब इमिरेट्स (यूएई) सँग पहिलो खेल खेल्नेछ।

यस खेलमा विजयी भए नेपालले विश्वकप ग्लोबल छनोटमा स्थान सुनिश्चित गर्नेछ, भने हारको अवस्थामा प्रतियोगिताबाट बाहिरिनेछ। नेपालले सोमबार नेपाली समयअनुसार बिहान ८ : ४५ बजे युएईसँग भिड्नेछ।

आयोजक थाइल्यान्ड भने आइतबार यूएईमाथि ५४ रनको फराकिलो जितका साथ आठ अङ्क जोड्दै सुपर तीन शुरु हुनुअघि नै ग्लोबल छनोटमा पुगिसकेको छ।

सुपर तीनको दुई खेल बाँकी छन् जहाँ नेपालका पाँच र यूएईका छ अङ्क छन्। समूह ‘ए’ बाट थाइल्यान्ड, ‘बी’ बाट यूएई र ‘सी’ बाट नेपाल शीर्ष स्थानमा रहेर सुपर तीनमा पुगेका थिए ; सुपर तीनको शीर्ष दुईले ग्लोबल छनोटमा स्थान बनाउने छन्।

प्रकाशित : आइतबार, जेठ ०५, २०८२२१:१७

आफ्नो मत ब्यक्त गर्नुहोस् :