‘आयरल्याण्ड पठाउने’ भन्दै ४१ लाख ९० हजार रुपैयाँ ठगी, अर्कोले १० लाख ठगे

काठमाडौँ : प्रहरीले वैदेशिक रोजगारीको प्रलोभन देखाएर लाखौं रुपैयाँ ठगी गर्ने दुई जनालाई पक्राउ गरेको छ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक काजी कुमार आचार्यका अनुसार, बर्दिया ठाकुरबाबा नगरपालिका–१ निवासी ३५ वर्षीय प्रेमबहादुर साउदले ‘आयरल्याण्ड पठाउने’ भन्दै ४१ लाख ९० हजार रुपैयाँ ठगी गरेका थिए। थप अनुसन्धानका क्रममा उनलाई काठमाडौँको विभिन्न क्षेत्रमा खोजी गरी पक्राउ गरिएको हो।

त्यस्तै, बेरोजगार युवायुवतीलाई आकर्षक तलब र रोजगारीको भ्रम देखाएर लामो समयसम्म झुक्याउने काममा संलग्न २१ वर्षीय ललित बोहोरा पनि पक्राउ परेका छन्। बोहोरा स्थायी घर सुर्खेतको सिम्ता गाउँपालिका–८ भई हाल ललितपुर महानगरपालिका–१ मा बस्दै आएका थिए र उनले कुल १० लाख रुपैयाँ ठगी गरेका थिए।

दुवै अभियुक्तलाई थप कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित : मङ्गलबार, बैशाख ३०, २०८२१९:३०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

नुहाउने क्रममा त्रिशुलीमा दुई बालिकाको बेपत्ता, खोजी कार्य तीव्र